बुटवल – नेपाल मुस्लिम संघ, लुम्बिनी प्रदेशको प्रथम अधिवेशन विवादका कारण स्थगित गरिएको छ। ११ जिल्लाका प्रतिनिधिहरूले चुनावको माग गर्दा पनि निर्वाचन प्रकृया अघि नबढाइएपछि केन्द्रिय नेताहरू बैठकबाट जबरजस्ती हिँडेको आरोप लागेको छ।
प्रदेश अधिवेशनमा आफ्ना मनोनित नेतृत्व नहुने भएपछि केन्द्रीय नेताहरूले अधिवेशनलाई अवरुद्ध गरेको आरोप स्थानीय प्रतिनिधिहरूले लगाएका छन्। उनीहरूले निष्पक्ष निर्वाचनको माग गर्दै चुनाव गराउन दबाब दिएका थिए।
नेपाल मुस्लिम संघको केन्द्रिय समिति र निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरिएको जानकारी दिएका छन्। अधिवेशनको नयाँ मिति कहिले निर्धारण गरिन्छ भन्नेबारे कुनै स्पष्ट जानकारी दिइएको छैन।
प्रतिनिधिहरूले यस निर्णयको विरोध गर्दै संघमा लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाइएको बताएका छन्। साथै, निर्वाचन नगरी जबरजस्ती अधिवेशन स्थगित गर्नु अलोकतान्त्रिक भएको उनीहरूको भनाइ छ।
उक्त प्रथम अधिबेशनको उद्घाटन शत्र भने भब्यताका साथ सम्पन्न भएको छ र अधिबेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री गगन थापाले गरेका थिए।
(थप विवरण आउँदै…)