अर्घाखाँची । प्रेस चौतारी नेपाल अर्घाखाँचीको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नवीन केसीको नेतृत्वमा सर्वसम्मत नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ।
नवीन केसीको अध्यक्षतामा गठित कार्यसमितिमा सिद्धार्थ केसी उपाध्यक्ष, करिस्मा खनाल महिला उपाध्यक्ष, नवीन रसाइली सचिव, लक्ष्मी खनाल सह-सचिव, कमला परियार समावेशी सह-सचिव, प्रकाश प्यूठानी कोषाध्यक्ष चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा चन्द्र पाण्डे, किरण खनाल, हिमाल पौडेल, रमेश कुमार थापा, कमल प्रसाद भुसाल, केशव पन्थी, सम्झना ज्ञवाली, रिना सुनार, र कोपिला आचार्य चयन भएका छन्।
प्रदेश प्रतिनिधिका रूपमा माया पन्थी, माधव बेल्वासे, र सबिता आचार्य चयन भएका छन् भने केन्द्रीय प्रतिनिधि रूपमा शोभाखर पन्थी, बसन्त श्रेष्ठ, र भगवती पाण्डे चयन भएका छन्।
नयाँ नेतृत्वलाई प्रेस चौतारी नेपालका केन्द्रीय तथा प्रदेश नेतृत्वले शुभकामना व्यक्त गरेका छन्। साथै, पत्रकारिता क्षेत्रको हकहित, समृद्धि, तथा संगठन सुदृढीकरणका लागि नवगठित कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।