बुटवल । नेपाली कांग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशले प्रथम अधिबेशन गर्ने भएको छ ।
प्रथम अधिबेशन पुष २२ गते बुटवलको एसियन पार्टी प्यालेसमा गर्ने नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशका सचिव सबर मियाले बताएका छन ।
उक्त प्रथम अधिबेशन नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले उद्घाटन तथा प्रमुख सम्बोधन र नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष नेपालि कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तार, मुस्लिम संघका केन्द्रिय अध्यक्ष अत्ताबुल मन्सुरी लगाएत नेपाली कांग्रेसका केन्द्रीय र प्रदेश स्तरिय नेताको सम्बोधन रहने आयोजकले बताएको छ ।