९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

सरुवा बढुवा र व्यक्तिगत स्वार्थमा भन्दा सेवा प्रवाह र कर्मचारी हकहित पहिलो हो:प्रमुख कोष नियन्त्रक बेल्वासे

spot_img

अर्घाखाँची । ट्रेड युनियनहरु समग्र कर्मचारीहरुको हक हितलाई भन्दा सरुवा, बढुवा र व्यक्तिगत स्वार्थ भन्दा सेवा प्रवाह र कर्मचारी हकहित पहिलो भएको कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख कोष नियन्त्रक छबिन्द्र बेल्वासेले बताए ।

साथै उनले अर्घाखाँचीमा ट्रेड युनियनको सक्रियता र एक्यवद्धता सह्रानिय रहेको बताउदै, सरुवा, बढूवा र व्यक्तिगत फाईदामा भन्दा समग्र कर्मचारीहरुको हक हितमा लाग्न सबैमा विशेष अनुरोध गरेका थिए ।
निजामती कर्मचारीहररुको आधिकारिक ट्रेड युनियन, अर्घखाँचीले आयोजित नव आगन्तुक कर्मचारीहरुको स्वागत गर्ने कार्यक्रममा सो कुरा बताएका हुन ।
कर्मचारीहरुको हक हितका साथै रचनात्मक क्रियाकलाप गर्दै आई रहेको सिबिए, अर्घाखाँचीले नियमित रुपमा नयाँ कर्मचारीहरुको स्वागत र सरुवा तथा निवृत हुने कर्मचारीहरुको विदाई गर्ने गर्दछ ।
कार्यक्रममा विभिन्न कार्यालयका १५ कर्मचारीहरुको स्वागत गरेको थियो । स्वागत हुने हरुमा प्रमुख कोष नियन्त्रक छविन्द्र बेल्वासे, करदाता सेवा कार्यालयका कार्यालय प्रमुख स्वागत थापा, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कृष्ण प्रसाद पोखरेल, मालपोत कार्यालयका कार्यालय प्रमुख भिमार्जुन भुसाल, अर्घाखाँची जिल्ला अदालतका लेखापाल ऐन बहादुर शाही र क अ जानकी थारु, जिल्ला प्रशासनका नासु प्रतिक पराजुली र रविन ज्ञवाली, मालपोत कार्यालयका नासु सुभाष जि.सी. र तुल्सिराम पोखरेल, सन्धिखर्क नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक गणेश नागरि, प्रा स कृष्ण तिरुवा र अ स ई संजय सावत, र नापी कार्यालयका विपिन भट्टराई र यमुना न्यौपाने थिए ।

कार्यक्रमका अध्यक्ष कृष्ण वर्माले कर्मचारीहरुको पीर मर्कालाई समधान गर्न जिल्लामा सक्रिय ट्रेड युनियनहरु एकजुट हुने भन्दै सिबिएले संचालन गर्ने रचनात्मक क्रियाकलापमा सबैको साथ र सहयोगको अपेक्षा गरेका थिए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारी, राष्ट्रिय कर्मचारी संगठनका जिल्ला अध्यक्ष यादव सापकोटा र नेपाल निजामती कर्मचारी युनियनका अन्तराष्ट्रिय विभाग सदस्य योगेश पन्थीले अर्घाखाँचीमा सेवा गर्न आउनु भएका नव आगन्तुक कर्मचारीहरुलाई स्वागत गर्दै हरेक दुख र सुखमा जिल्ला क्रियाशिल ट्रेड युनियनहरु साथ रहेको बताएका थिए ।

कार्यक्रममा अस्थायी ज्यलादारीका लुम्बिनी प्रदेश उपाध्यक्ष सुदिप जि. सी. निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष यादव प्रसाद सापकोटा, नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारी र नेपाल निजामती कर्मचारी युनियनका अन्तराष्ट्रिय विभाग सदस्य तथा केन्द्री महाधिवेशन प्रतिनिधी योगेश पन्थीको उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रमुख कोष नियन्त्रक छबिन्द्र बेल्वासेको प्रमुख अतिथ्यता, कृष्ण वर्माको अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद डुम्रेको स्वागत मन्त्वय र सचिव दुर्गा वि क को संचालनमा सम्पन्न भएको थियो ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै