बुटवल । इस्लाम धर्मावलम्बीले आज ‘शब–ए–बारात’ पर्व धुमधामका साथ मनाउँदै छन् ।
इस्लाम धर्मावलम्बीहरूले ‘शब–ए–बारात’मा रातभर जाग्राम बसेर सामूहिक नमाज पढ्ने, कुरयान खानि, फतिहा गराउने तथा कब्रिस्तान (चिहानस्थल) मा गएर मृत्यु भएका आफन्त तथा नजिकका नातेदारका लागि दुवा (प्रर्थाना) गर्ने गर्छन् ।
‘शब–ए–बारात’को १० दिन अघिदेखि मुस्लिम सामुदायका व्यक्तिहरूले घरको सरसफाईदेखि कब्रस्थानको सरसफाई गर्ने गर्छन् ।
‘शब–ए–बारात’को राति चाना, सुचिसहितका बलुवा बनाई फतिहा गराउने चलन छन् । त्यसैगरी, धार्मिक गुरुहरूलाई घरमा बोलाई कुरयान खानि (कुरान पढाउने), मिलाद गर्ने, गरिब विपन्नहरूलाई घरमा बोलाई मिठो परिकार खुवाउने तथा उनीहरूलाई दानदक्षिण दिने गर्छन् ।
‘शब–ए–बारात’मा रातभरि जाग्राम बसेर धार्मिक क्रियाकलाप गरेको खण्डमा अल्लाह खुसी हुने र चिताएको पूरा हुनुका साथै विगतका गरेका ‘पाप’बाट मुक्ति पाइने जन विश्वास रहेको इस्लामिक धार्मगुरु हरुले बताए ।
‘शब–ए–बारात’ भनेको ईबादत (धर्मकर्म) को राति हो, यो राति मान्छेले जति धर्म गर्छन्, त्यो अन्य दिनको तुलनामा ७० गुणा बढी पुण्य पाउँछन् । त्यसैले यसलाई मुस्लिम सामुदायले ‘शब–ए–बारात’लाई धुमधामका साथ मनाउने गर्छन् ।’ शब–ए–बारात सम्पन्न भएको १५ दिनपछि रामजान पर्व सुरु हुने बताए ।