बुटवल । छत्रगन्ज – रूपन्देही सम्पर्क समाजको वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रम रक्तदान बाट सुरु गरेको र कार्यक्रममा ५० यूनिट रगत संकलन गरेको थियो । रक्तदान पछि समाजका अध्यक्ष सिद्दार्थ पन्थीको अध्यक्षतामा सुरु गरिएको साधारण सभामा प्रमुख अतिथि छत्रदेव ५ का वार्ड अध्यक्ष बालकृष्ण पोखरेल रहनुभएको थियो भने विशिस्ट अतिथिमा समाजका संस्थापक अध्यक्ष बहादुर रायामाझी , समाजका सल्लाहाकार नेत्र पन्थि र ओमबहादुर मल्ल रहनु भएको थियो ।
कार्यक्रम मा समाज का कोषाध्यक्ष नवीन पान्डे ले समाज को ०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष सिद्दार्था पन्थी ले समाज को वार्षिक प्रगति प्रतिवेदन सहित आगामी वर्ष को कार्यायोजना प्रस्तुत गरि साधारण सभा द्वारा पारित गरिएको थियो ।
प्रमुख अतिथि छत्रदेव ५ का वार्ड अध्यक्ष बालकृष्ण पोख्रेलले आफुले समाजले गर्ने हरेक काममा सहयोग गर्ने वाचा सहित आज सम्म भएका कार्यक्रम उत्कृष्ट रहेकोमा रूपन्देहीमा बसेर पनि आफ्नो जन्मभूमिको माया उतिकै रहेको देख्दा आफुलाइ अत्यन्तै खुशी रहेको भनि समाजलाई बधाई सहित शुभकामना दिनुभयो ।
उक्त कार्यक्रममा थप ४८ जनालाइ आजीवन सदस्यता वितरण गरिएको थियो भने एसएलसीमा उत्कृष्ट अंक ल्याई उत्रिण हुने समाज की छात्रा अनुषा रायमाझी लाई सम्मान गरिएको थियो ।
समाजको साधारण सभामा कार्यक्रमका विशिस्ट अतिथि श्री रायमाझी, नेत्र पन्थी , ओम बहादुर् मल्ल लगायत अतिथि हरु सीता पौडेल , नवराज गौतम ,नुमलाल खनाल , हरी भट्टराइ , वासुदेब पान्डे लगायत ले समाज लाई शुभकामना दिनुभएको थियो भने कार्यक्रम का सम्योजक नारायण रायमाझी ले सम्पूर्ण लाई साथ र सहयोगको निम्ति धन्यवाद दिनुभएको थियो भने कार्यक्रम को सन्चालन समाजका सचिव विराट पौडेल ले गर्नुभएको थियो ।