४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

भूमिकास्थान-२ मा वडास्तरिय युवा क्लब गठन अध्यक्षमा टेकराज भुसाल

spot_img

अर्घाखाँची  ।  जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गमा वडास्तरिय युवा क्लब गठन भएको छ।

बिहीबार वार्ड नम्बरको २ काे वडा कार्यालयमा सम्पन्न भेलाले टेकराज भुसालको अध्यक्षतामा पन्ध्र सदस्यीय समिति निर्वाचित गरेको हो।

क्लबको उपाध्यक्षमा आशिका परियार, सचिवमा सुष्मा परियार, काेषाध्यक्षमा बिनाेद खनाल तथा सदस्यहरुमा क्रमशः एलिना थापा, अस्मिता आचार्य, पूजा बेल्वासे, सन्ध्या खड्का, करिष्मा बस्नेत, सिमा सुनार, सुरेन्द्र बिक, काेपिल खनाल, गाेकुल बस्नेत, अस्मिता बेल्वासे, अशोक सुनार र अनिल बिकलाई निर्वाचित गरेको छ।

युवा क्लब गठन प्रक्रिया कार्यबिधी अनुसार वडा भित्र रहेका १६ वर्षदेखि २४ वर्षसम्मका विभिन्न समूहका युवाहरूको उपस्थितिमा गरिएको भेलामा भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापा (क्षेत्री), वडा सचिव बादल कुशुवाहा, कृषि प्राविधिक प्रकाश नेपाली लगायतको आतिथ्यता रहेको थियो।

भेला वडा सदस्य नारायण प्रसाद खनालको अध्यक्षता र टेकराज भुसालको संचालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै