१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

बुटवल जेसिजको आयोजनामा माघ २७ Multi Chapter LOM Officer Training हुँदै

spot_img

बुटवल । बुटवल जेसिजले यहि माघ २७ गते एक दिने Multi Chapter LOM Officer Training संचालन गर्ने भएको छ । तालिमको विश्वविद्यालय भनेर चिनिने जेसिज संस्था अन्तर्गतको ५० बर्षे ऐतिहासीक बिरासत बोकेको बुटवल जेसीजले Multi Chapter LOM Officer Training को आयोजना गरेको हो ।

बुटवल जेसिजका सल्लाहकार तथा पुर्व अध्यक्ष एवं सदस्यहरुलाई र इच्छुक शाखाका जेसिहरुले २७ गते LOM Officer Training लिन सक्ने बुटवल जेसिज वर्ष २०२४ का महासचिव जेसी केशव श्रीसले जानकारी दिनुभयो । जेसिज एउटा परिवार भएकाले बन्धुत्वको भावना अनुरुप जेसिजको आस्थालाई आत्मासात् गर्दै
जुनसुकै जेसिज शाखाका जेसीहरुले पनि तालिम लिन सक्ने अवसर प्रदान गरेको बुटवल जेसिजका अध्यक्ष विनोद घिमिरेले बताउनु भयो । साथै जेसीहरुले आफ्नो कर्तव्य र दायित्वमा स्पष्ट हुनका लागि यो तालिम आफैमा अत्यन्तै महत्त्वपूर्ण अवसर भएको समेत उहाँले बताउनुभयो ।

माघ २७ गते हुने Multi Chapter LOM Officer Training बुटवल जेसिजको सचिवालयमा बिहान ८ बजे देखि संचालन हुने र तालिम पश्चात् तालिमकर्ता जेसीहरुले आफ्नो पदिय कर्तव्य र दायित्व बोधमा स्पष्ट हुनुका साथै सम्बन्धित संगठनात्मक संरचना र आफ्नो क्षेत्रमा प्रष्ट हुने बुटवल जेसिज वर्ष २०२४ का मिडिया संयोजक जेसी नारायण घिमिरे “भावुक” ले जानकारी गराउनुभयो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै