१६ बैशाख २०८१, आईतवार
spot_img
१६ बैशाख २०८१, आईतवार
spot_img
spot_img

सनातन धर्मका अभियन्ता पं. देवकीनन्दन कोइरालाको वार्षिकी सम्पन्न

spot_img

अर्घाखाँची ।

स्व. पं देवकीनन्दन कोइरालाको वार्षिक पुण्यतिथिको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । पाणिनि-५ मैदानस्थित वहाँकै निवासमा श्रीमद्भागवत पाठ पारायण, लघुरुद्री, हवन लगायत विभिन्न धार्मिक अनुष्ठानहरु सम्पन्न भएका छन ।

उक्त कार्यक्रममा स्व. गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्न प्रदेश सांसद रामजी प्रसाद घिमिरे, अर्घाखाँची तथा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्लास्थित कार्यालयका प्रमुख तथा कर्मचारीहरु, कर्मचारी सङ्गठनका पूर्व अध्यक्ष पुण्य प्रसाद ढकाल, पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने र वडा प्रमुख इन्द्रामणी घिमिरे तथा पदाधिकारीहरु तथा यस क्षेत्रका समाजसेवी, बौद्धिक व्यक्तित्त्वहरु, समस्त इष्टमित्रहरु एवं बन्धुबान्धवहरुको बाक्लो उपस्थिति रहेको थियो ।

संक्षिप्त्त चिनारी
यस धर्तीमा केहि यस्ता मान्छेहरुको जन्म हुन्छ; जसको जन्म र उसका गतिविधिले सिङ्गो समाजलाई नै सकारात्मक प्रभाव पार्दछ। त्यस्तै उर्जा र निष्ठाका प्रतिमुर्ति हुन् पं देवकी नन्दन कोइराला । उहाँको जन्म वि.सं. १९९० साल कार्तिक २१ गते तत्कालीन ढाडमैदान गाविस वार्ड नं ४ स्थित बाटुलथुम भन्ने ठाउँमा भएको थियो। पिता गधाधर कोइराला र माता चित्रकला कोइरालाको कोखबाट सामान्य परिवारमा उहाँको जन्म भएको थियो। उहाँको जन्म अत्यन्तै दुर्गम स्थानमा र सामान्य परिवारमा भएका कारण उहाँको बाल्यकाल सामान्य ग्रामिण परिवेशमा कठिन परिश्रम सहित कृर्षि र कर्मकाण्डको कार्य गर्दै बितेको थियो।

वैदिक सनातन धर्म र शिक्षाप्रतिको अगाध आस्थाका कारण तीन चार वर्षको कलिलो उमेरदेखि नै पं कोइरालाले गुरुकुल अन्तर्गत मैदान, रेसुन्टाकुराका पं. छबिन्द्र घिमिरेको सानिध्यमा रही आधारभूत वैदिक कर्मकाण्डको ज्ञान प्राप्त गर्नुभएको थियो।
तत्पश्चात् करिब आठ वर्षको उमेरमा यसै गाउँपालिकाका प्रकाण्ड विद्वान पं. नन्दराम बेल्बासेको साथमा भारतको वृन्दावन मथुरामा गइ वैदिक धर्म तथा संस्कृत शिक्षाको औपचारिक शिक्षा प्रारम्भ गर्नुभएको थियो।यहि क्रममा वहाले वैष्णब धर्म धारण गर्नु भइ सो सम्बन्धी कठोर अनुशासनमा रहनु भएको थियो।

वि.सं १९९८ देखि सुरु भएको उहाँको औपचारिक शिक्षा वि.सं २०१६ सम्म कायम रहेको पाइन्छ। वि.सं २०१६ सालसम्म सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीबाट उत्तर मध्यमा तहसम्मको औपचारिक शिक्षा हासिल गरी पूर्वीय धर्म दर्शनका क्षेत्रमा यस क्षेत्रकै एक अब्बल व्यक्तित्वका रूपमा आफुलाइ परिचित गराउनु भएको थियो। अध्ययनलाई आफ्नो जीवनकै अभिष्ट ठान्ने पं. कोइरालाले पारिवारिक समस्याका कारण शास्त्री तहमा भर्ना भइ बिचैमा उक्त तहको पढाइ छाडेको वहाँको पारिवारिक स्रोतले जनाएको छ । शास्त्री तहको अध्ययन गर्दागर्दै वहाले वि.सं २०१७ सालमा करिब २७ वर्षको उमेरमा पहिलो पटक श्रीमदभागवतको सप्ताह प्रवचन गरेको तथ्य फेला पर्दछ। समाजमा ज्ञान र चेतना छर्दै समाज रुपान्तरणको पक्षमा आफुलाइ समर्पित गर्ने पं. कोइरालाले केहि समय पाणिनी-५, मैदानस्थित श्री कृष्ण मा.वि.(तत्कालीन प्रा.वि.) मा शिक्षण गर्नुभएको थियो तर यसै क्रममा पनि वैदिक सनातन धर्मको संरक्षण एवं सम्बर्द्धनमा आफुलाइ कहिल्यै अलग राख्नु भएन। वि.सं. २०३५ सालमा तत्कालीन श्री भानु प्रा.वि.को स्थापना गरि प्रथम प्रधानाध्यापकको रूपमा शिक्षण कार्य पुनः सुरु गर्नु भइ करिब १९ वर्ष ६ महिना विद्यालयमा शिक्षकको रुपमा आफुलाइ समर्पित गर्नु भएको थियो। यसै बिचमा पं. कोइरालाले पाणिनिकै बहखोर प्रा.वि.र जनता प्राविमा पनि अब्बल शिक्षकको परिचय राखिसक्नु भएको थियो । शिक्षाको क्षेत्रमा दिनरात खट्ने पं. कोइरालाले तत्कालीन भानु प्राविलाइ निम्न माध्यमिक र माध्यमिक विद्यालयका रुपमा स्थापित गराउन त्यहाँको पुर्वाधार विकास, शैक्षिक सामग्री, शिक्षण सिकाई अभिवृद्धि तथा अन्य अतिरिक्त क्रियाकलापको प्रवर्धनमा महत्वपूर्ण योगदान गर्नुभएको थियो। बहखोर प्राविको स्थापना पश्चात् उहाँले सो स्थानमा अध्ययन गर्ने विद्यार्थीहरूलाई खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले व्यक्तिगत रुपमै खानेपानी ट्याङ्की निर्माण गर्नुभएको विद्यालयले जनाएको छ। त्यसैगरी श्री जनता प्राविमा समेत विद्यालयको स्थापना तथा त्यहाँको पूर्वाधार विकास र शिक्षण सेवाको गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको यस क्षेत्रका अगुवाहरुले बताउँछन् ।

सानै उमेरदेखि धर्म अध्यात्म तथा पूर्वीय दर्शन संस्कार तर्फ विशेष आकर्षित पं. कोइरालाले विशेषगरी जिल्लाकै धार्मिक अगुवाको रुपमा समेत स्थान प्राप्त गर्नुभएको थियो। धार्मिक क्षेत्रमा उहाँले गर्नुभएको योगदानको जति प्रशंसा गरे पनि कमी हुन्छ । आफ्नो जीवनकालमा करिब सय भन्दा बढी स्थानमा भागवत सप्ताह प्रवचन समेत दिइसक्नुभएको परिवार स्रोतको दाबी छ । अत्यन्तै सरल स्वभाव,लगनशिल एवं धार्मिक र निम्वार्ग बैष्णव पद्दतिको अनुशासनमा कठोर तर सामाजिक जीवनमा अत्यन्त मिजासिला पं. कोइराला सामाजिक सेवामा उत्तिकै सशक्त एवं क्रियाशील देखिनुहुन्थ्यो । यसरी जीवनका विभिन्न आरोह-अवरोहहरु पार गर्दै निम्वार्ग वैष्णब धारण गर्नु भई सर्वेश्वर भगवान (शाालिग्राम) को सेवा र सो को निष्टा र नियममा रही पं. कोइरालाले वि.सं. २०७९ साल पौष १६ गतेका दिन ८९ वर्षको उमेरमा यस संसारबाट वैकुण्ठ वासको महायात्रामा लाग्नुभएको थियो ।

पं. कोइरालाको सेवा निवृत जीवन पनि उत्तिकै सक्रीय र अविश्मरणीय रहेको छ। करिव ७२ बर्षको उमेरमा मृगौला रोगाबाट ग्रसित भई सो समयमा करिव १७ प्रतिशत मृगौलाले कार्य गरेपछी वीर अस्पतालका बरिष्ट नेफ्रोलोजिष्ट डा. अनिल बरालको परामर्शमा उपचार गर्नु भएको र विना पर्त्यारोपण उमेर बढ्दै जादा पनि सामान्य उपचारबाट करिव १६ बर्ष मृगौलाले यथावत काम गर्री सक्रीय रहनु एक चमत्कार रहेको जानकार बताउदछन । वहाको जन्म र वैकुण्ठ वास एउटै समय र नक्षत्रमा भएको अलौकिक संयोग रहेको पारिवारिक स्रोतले बताएको छ ।

पं. देवकीनन्दन कोइरालाका ३ छोराहरु अनि ४ छोरीहरु रहेका छन् ।जेठो छोरा छबिन्द्र बेल्बासे कोइराला कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख, माहिलो छोरा कृष्णशरण कोइराला ज्योतिष अनि कर्मकाण्डको कुशल अध्येता तथा कान्छो छोरा खोमराज कोइराला नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहसचिव पदमा कार्यरत छन् भने उक्त परिवारका अन्य सदस्यहरू पनि नेपाल सरकारको महत्त्वपूर्ण जिम्मेवारीमा रहि कुशलतापूर्वक सेवा गरिरहेका छन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै