१० जेष्ठ २०८२, शनिबार
spot_img
१० जेष्ठ २०८२, शनिबार
spot_img

अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रमको भव्य तयारी, उद्घाटन गर्न प्रधानमन्त्री `प्रचण्ड´ आउदैं

spot_img

वीरेन्द्र केसी
अर्घाखाँची। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले माघ १ गते सन्धिखर्क टुडिखेलमा उदघाटन गर्ने अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम–२०८० को भव्य तयारी भएको छ ।
अर्घाखाँचीको आर्थिक विकास, पर्यटन, प्रबद्र्धन तथा स्थानीय रोजगारीका लागि भन्ने मुल नाराका साथ नेपाल पत्रकार महासंघले आयोजना गर्न लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको महासंघका अध्यक्ष अशोक खनालले बताए ।

माघे सक्रान्तिको दिन प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने कार्यक्रमको लागि छ वटै स्थानीय तहका ६१ वडाका गाउँगाउँमा महासंघका पदाधिकारी, सदस्य र सञ्चारकर्मी यतिबेला व्यापक प्रचारप्रचार खटिएका छन् । कार्यक्रममा अर्घाखाँचीका संघ र प्रदेशका सांसद, पूर्वमन्त्री, जनप्रतिनिधि, राजनीति दलका नेता, पर्यटन व्यवसायी सहित आम सरोकारवाला सहित सयौंको संख्यामा सर्वसाधारणको उल्लेख्य उपस्थिति हुने अपेक्षा आयोजकले गरेको छ ।

जिल्लाका राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी व्यापारी, होटल व्यवसायी सहित सरोकारवालासँग छलफल गरी अभियानलाई अगाडी बढाइएको हो । माघे संक्रान्तिका दिन सन्धिखर्क टुडिखेलमा प्रधानमन्त्रीले उदघाटन गर्ने अभियानमा प्रधानमन्त्री दाहाल सहित पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली, पूर्वउपसभामुख पुष्पा भुसाल, प्रतिनिधिसभा सदस्य विजुला रायमाझी, लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री चेतनारायण आचार्य, प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी लगायत पूर्वमन्त्री, पूर्वसांसद, छ वटै स्थानीय तहका जनप्रतिनिधि सहित राजनीति दलका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै