८ असार २०८१, शनिबार
spot_img
८ असार २०८१, शनिबार
spot_img
spot_img

युवा ज्योतिष घिमिरे सम्मानित

spot_img

काठमाडौं । नेपाल ज्योतिष परिषद्को २६ औं वार्षिकोत्सव तथा रजत महोत्सवका अवसरमा युवा ज्योतिष अनन्तप्रसाद घिमिरेलाई सम्मान गरिएको छ । काठमाडौंमा आयोजित एक भव्य कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो ।

अर्घाखाँचीको पाणिनिमा जन्मिएका घिमिरेले ज्योतिषविधाको माध्यमबाट समाज तथा परिषद्‌मा पु-याउनुभएको योगदान एवम् परिषद्को श्रीवृद्धि र सङ्गठन विस्तारका लागि निर्वाह गर्नुभएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको नेपाल ज्योतिष परिषद्, केन्द्रले जनाएको छ ।

ज्योतिष विषयमा आचार्य तथा नेपाली विषयमा स्नातकोत्तर तह उतीर्ण गरेका घिमिरे हाल विभिन्न शिक्षण संस्थाहरुमा अध्यापन कार्यमा संलग्न रहनुका साथै ज्योतिष क्षेत्रमा समेत क्रियाशील रहेका छन् । नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेशको उपमहासचिव पदको जिम्मेवारी लिएका घिमिरेले ज्योतिष विधालाई आधुनिक प्रविधिसँग जोडेर समायानुकुल बनाउदै जानुपर्नेमा विशेष जोड दिन्छन् । ज्योतिष शिक्षा आफैमा विज्ञान भएकाले यसलाई व्यवस्थित र समयानुकूल बनाउनु वर्तमान समयको माग एवं आवश्यकता रहेको उनको भनाइ रहेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै