८ असार २०८१, शनिबार
spot_img
८ असार २०८१, शनिबार
spot_img
spot_img

अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम २०८० को महाअभियान माघ १ बाट सुरु हुने

spot_img

गोपाल प्रसाद भट्टराई
अर्घाखाँची । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आसन्न माघ १ गते अर्घाखाँची आउनुहुने भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा संचालन हुने अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम २०८० को समुद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड माघ १ गते अर्घाखाँची आउन लाग्नुभएको हो ।

विकासका लागि महाअभियान नाम दिइएको अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री सहित मुलुकका विशिष्ट व्यक्तित्व अर्घाखाँची आउने भएपछि कार्यक्रमको तयारीलाई तिव्र पारिएको पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले जानकारी दिनुभएको छ ।

गत पौष १ गते अभियानको लोगो सार्वजनिक गरेर कार्यक्रमको औपचारिक घोषणा गरेको पत्रकार महासंघले बिहिबार जिल्ला स्थित सरोकारवालासंग सर्वपक्षिय बैठक समेत गरेको छ । जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालाको संयोजनमा बसेको बैठकले कार्यक्रम उद्घाटन समारोहको स्थल टुडिखेललाई तय गरेको छ ।

६ वटै पालिकाका प्रमुख,जिल्ला स्थित राजनितिक दलका प्रमुख,प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहित सुरक्षा निकायका प्रमुख सहित पत्रकार तथा अन्य सरोकारवालाको बिशेष उपस्थितिमा सम्पन्न बैठकले कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न तिनवटा बिषयगत समिति समेत गठन गरेको छ ।

पत्रकार महासंघ अर्घाखाँचीका सह–सचिव हृदयकुमार भुसालका अनुसार बैठकले पर्यटन राज्यमन्त्री शुसिला श्रीपाली संयोजक,प्रतिनिधिसभा सदस्य बिजुला रायमाझी,प्रदेशसभासदस्य द्धोय चेतनारायण आचार्य र रामजी घिमिरे रहेको ४ सदस्यिय सल्लाहकार समिति, जिल्ला समन्वय प्रमख जीवनारायण कोइराला संयोजक, ६ वटै पालिकाका प्रमुख, जिल्ला स्थित राजनितिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहित सुरक्षा निकायका प्रमुख सदस्य रहेको निदेशक समिति र पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल संयोजक र कार्यसमिति सहित क्रियाशिल पत्रकार सदस्य रहेको मुल आयोजक समिति बनाएको छ ।

शुक्रबार मुल आयोजक समितिको बैठक बसि तयारीलाई थप अगाडि बढाउने निर्णय भएको पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणी भुसालको भनाई छ । महासंघले जिल्लाका पर्यटकीय क्षेत्रको पहिँचान गरि धेरै भन्दा धेरै पर्यटकलाई जिल्लामा ल्याउन यो कार्यक्रम आयोजना गर्न लागेको पत्रकार महासंघ अर्घाखाँचीका सदस्य जितेन्द्र खत्रीले बताउनुभयो ।

“आर्थिक विकास, पर्यटन प्रबद्र्धन र स्थानीय रोजगारीका लागि” भन्ने नाराका साथ यो कार्यक्रम संचालन गर्न लागिएको पत्रकार महासंघले जनाएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै