८ असार २०८१, शनिबार
spot_img
८ असार २०८१, शनिबार
spot_img
spot_img

चन्द्रौटा महोत्सवको विषयमा आयोजकले गर्‍यो सरोकारवाला सङ्ग अन्तरक्रिया ।

spot_img

कपिलवस्तु ।  कपिलवस्तुको चन्द्रौटामा यही पौष १३ गते देखि २४ गते सम्म सन्चालन हुने आठौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव- २०८० लाई सफल बनाउन आयोजक संस्था चन्द्रौटा उद्योग वाणिज्य संघले आज सर्वपक्षीय अन्तरक्रिया गरेको छ, संघको निर्माणाधीन कार्यालय भवनको सभा हलमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रियामा शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, उपप्रमुख शिवकुमारी थारु, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य जमसेर अली मिया, सुरक्षा निकायका प्रतिनिधि लगायत, वडा तहका जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय ब्यापारी, शिक्षक , पत्रकार लगायतको प्रतिनिधित्व रहेको थियो ।

अन्तरक्रियामा धारणा राख्दै प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले मेला महोत्सवले अर्थतन्त्र लाई चलायमान गराउनुका साथै तात्कालिन रुपले भन्दा पनि दीर्घकालीन रुपले चन्द्रौटा लाई फाइदा पुर्‍याउने धारणा राख्दै महोत्सव लाई स्थानीय ब्यापार, कला, संस्कृति अनुकूल र प्रवर्द्धन हुने गरी व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

त्यस्तै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले चन्द्रौटा महोत्सव सफल पार्नु उद्योग वाणिज्य संघको मात्र नभई सबै शिवराज बासीको दायित्व भएको बताउदै महोत्सवले दिने सकारात्मक सन्देशले शिवराजको गरिमा बढाउने धारणा राख्नुभयो ।

त्यस्तै उपप्रमुख शिवकुमारी थारुले महोत्सवमा स्थानीय कृषिजन्य उत्पादन , स्थानीय समूह घरेलु उद्धोग बाट उत्पादित हस्तकलाका समाग्री लाई प्रदर्शन र विक्री वितरण गर्नपाउने वातावरण गराउदा राम्रो हुने सुझाव दिनुभयो ।

मन्तव्यको क्रममा विशिष्ट अतिथि उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य जमसेर अली मियाले नेपालमा मेला महोत्सवको लामो इतिहास रहेको बताउदै मेला महोत्सव भएका मूख्य बजारहरू पछि विकसित भै सहरमा परिणत भएको बताउदै चन्द्रौटा महोत्सवको आठौं संस्करण सम्म आइपुग्दा चन्द्रौटामा शान्ति र व्यवसायमुखी वातावरणको सन्देश दिएको जसका कारण तिब्र बजार बिस्तार हुदै गएको जिकिर गर्नुभयो ।

सहभागीहरूले महोत्सवका कारण स्थानीय फेन्सी व्यवसायी लाई मार पर्न सक्ने तर्फ आयोजक गम्भीर बनेर स्थानीय व्यापारी लाई महोत्सव स्थलमा ब्यापार गर्न सक्ने वातावरण गराउन सुझाएका थिए ।

सबैको राय लिएपछि चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पाण्डेले विगतका महोत्सवको अनुभव र सहभागी बाट प्राप्त राय लाई समेटेर ८ औं चन्द्रौटा महोत्सव सन्चालन गरीने प्रतिबद्धता व्यक्त गर्दै, ज्येष्ठ नागरिक, अपाङ्ग लाई प्रवेशमा सहुलियत, स्थानीय व्यापारी लाई स्टल शुल्कमा केही प्रतिशत छुट, कृषिजन्य स्थानी उपज तरकारी लाई विक्रीका लागि निशुल्क स्टल प्रदान गर्ने योजनामा आफु रहेको र संस्थाको बैठक वाट छुटका विषयमा औपचारिक निर्णय गरीने बताउदै महोत्सव सफल पार्न सबै तह तप्का बाट रचनात्मक सहयोग हुनेमा विश्वस्त रहेको धारणा राख्नुभयो ।

कार्यक्रम संस्थाका अध्यक्ष इश्वरीप्रसाद पाण्डेको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता र महासचिव राजकुमार यदा क्षेत्रीको सन्चालनमा सम्पन्न भएको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै