१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

नेपाल ज्योतिष परिषदको १८ औं राष्ट्रिय सम्मेलनको तयारी तिब्र ; सम्मेलन दाङ्को घोराहीमा हुने

spot_img

दाङ् ।
नेपाल ज्योतिष परिषद्ले १८ औं राष्ट्रिय सम्मेलन गर्ने भएको छ । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको आयोजना एवम् लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला समितिको संयोजनमा घोराही उपमहानगरपालिका वार्ड न १५, गोरखा टोलमा अवस्थित भिङ्ग्रेली भिलेज रिसोर्टमा सम्पन्न हुने भएको हो ।

नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले सम्मेलन सम्बन्धि विभिन्न निर्णयहरु गरेको छ । बैठकले २०८० सालको कार्तिक १६ गते नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यसमितिको २५ औं वार्षिक साधारणसभा बिहान ८ बजे सुरु गर्ने र राष्ट्रिय सम्मेलन सोही दिनको १ बजे भव्यताका साथ उद्घाटन गरि दुई दिन सम्म संचालन गर्ने निर्णय गरेको नेपाल ज्योतिष पारिषद्का केन्द्रीय महासचिव कमल प्रसाद काफ्लेले जानकारी दिएका छन् ।

बैठकले रजत वर्ष विशेष राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागी नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको अध्यक्ष र केन्द्रीय सचीव प्राडा अर्जुनप्रसाद भट्टराई सदस्य सचिव रहने गरि केन्द्रीय समितिका पदाधिकारी सदस्यहरु, सातै प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु र दाङ जिल्ला कार्यसमिति रहने गरि २५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । यस्तै दाङ जिल्ला समितिका अध्यक्ष उपप्रा कपिलदेव सुवेदीको अध्यक्षतामा लुम्बिनी प्रदेश समितिका अध्यक्षहरु सदस्य रहने गरि आर्थिक व्यवस्थापन समिति गठन गरिएको लुम्बिनी प्रदेश समितिका महासचिव ढुण्डीराज ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै स्वागत सत्कार सेवा उपसमिति संयोजकमा घोराही उपमहानगर अध्यक्ष विष्णु देवकोटा, सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजकमा लुम्बिनी प्रदेश कोषाध्यक्ष पद्मप्रसाद अधिकारी, मन्च सजावट व्यवस्थापन समिति संयोजकमा आजिवन सदस्य मुस्कान खनाल, प्रचारप्रसार उपसमिति संयोजकमा लुम्बिनी प्रदेश प्रचार सचिव ठाकुरप्रसाद देवकोटा, संघ संस्था समन्वय उपसमिति संयोजकमा दाङ जिल्ला सदस्य डमरु प्रसाद निरौला, पदक तथा सम्मान व्यवस्थापन उपसमिति संयोजकमा केन्द्रीय सदस्य केशव गौतम, प्रकाशन तथा मुद्रण उपसमिति संयोजकमा लुम्बिनी प्रदेश अध्यक्ष मेघराज आचार्य, आवास तथा भोजन व्यवस्थापन उपसमिति संयोजकमा लुम्बिनी प्रदेश महासचिव ढुण्डीराज ज्ञवाली, स्वयंसेवक व्यवस्थापन उपसमिति संयोजकमा दाङ जिल्ला सचीव अर्जुनकुमार आचार्य, सम्मेलन अनुगमन समिति संयोजकमा केन्द्रीय सचिव प्राडा अर्जुनप्रसाद भट्टराई, प्रविधि व्यवस्थापन उपसमिति संयोजकमा दाङ जिल्ला सदस्य अर्पण शर्मा र यसैगरी विद्वत् समन्वय उपसमिति संयोजकमा लुम्बिनी प्रदेश वरिष्ठ सदस्य कमल प्रसाद भट्टराई रहनुभएको र उक्त उपसमितिहरु आवश्यक सदस्यहरु मनोनीत गर्न सकिने नेपाल ज्योतिष परिषद्का केन्द्रीय सचीव प्राडा अर्जुनप्रसाद भट्टराईले जानकारी दिनुभयो । यस अघिनै केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको संयोजकत्वमा महासचिव कमल प्रसाद काफ्ले र वरिष्ठ केन्द्रीय सदस्य लक्ष्मण पन्थी सदस्य रहने गरि पदक तथा सम्मान छनोट समिति केन्द्रीय सचिवालय समितिको निर्णय अनुसार गठन गरेको थियोे ।

सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालय धर्मशास्त्र विषयका सेवानिवृत्त प्राध्यापक प्रेमकुमार आचार्यले मानव जिवनमा षोडश संस्कारको आवश्यकता विषयक कार्यपत्र गर्नुहुनेछ भने परिषद्का केन्द्रीय सचीव एवम् नेपाल संस्कृत विश्वविद्यालय सिद्धान्त ज्योतिष विषयका प्राध्यापक डा। अर्जुनप्रसाद भट्टराईले विद्या तथा सन्तान सम्बन्धमा कुण्डली विषयक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यसैगरी वैदिक वास्तु विषयमा दाङ जिल्ला समिति अध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालय सिद्धान्त ज्योतिष विषयका उपप्राध्यापक कपिलदेव सुवेदी र आधुनिक वास्तुका विषयमा, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य एवम् वास्तु विभाग प्रमुख इ.लक्ष्मीप्रसाद सोतीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाल ज्योतिष परिषद्का प्रचार सचिब ठाकुरप्रसाद देवकोटाले जानकारी दिएका छन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै