कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ बानियाभारमा अवस्थित गोल्डेन स्टार युवा क्लबले यस क्षेत्रकै वहुप्रतिष्ठित शिवगढी कपको १५ औं संस्ककरण यही असोज २४ देखि कार्तिक ५ सम्म आयोजना गर्ने गरी तयारी लाई तिब्र बनाएको छ, खेलकुदको आयोजना बाट ऎतिहासिक तथा धार्मिक क्षेत्र शिवगढी लाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, युवा खेलाडीहरू लाई मूलधारमा ल्याउने र फुटबलको आधिकारिक निकाय एन्फा समेतको ध्यान तान्दै स्थानीय खेलकुदमा संस्थागत र खेलाडीहरूमा पेशागत व्यवसायिकता विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका सल्लाहकार संयोजक बिक्रम केसीले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष फुटबल प्रतियोगिता तर्फ बिजेताले ५३ हजार १ सय, ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने महिला फुटबल प्रतियोगिता तर्फ विजेताले २५ हजार १ सय नगद साथमा आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने पुरुष फुटबल तर्फ सेमिफाइनल बाट बाहिरिने दुई टिम लाई ६ हजारका दरले प्रोत्साहन रकम प्रदान गरिने र बेस्ट प्लेयर, बेस्ट गोलकिपर, हाइस्कोरर र बेस्ट रेफ्री लाई सम्मानित गर्ने योजना आयोजकले बनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक क्लबले असोज २२ गते सम्म टिम दर्ता गर्न सकिने जनाइएको छ यो समाचार तयार पार्दा सम्म पुरुष तर्फ १७ टिम र महिला तर्फ ६ टिमले दर्ता गरिसकेका छन भने पुरुष टिम तर्फ २० टिम र महिला तर्फ १० टिमका गरी समग्रमा ३० टिमका ४८० खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन सक्ने आयोजकले अपेक्षा गरेको छ, जसका लागि पुरुष कल्बले ४ हजार र महिला क्लबले २ हजार शुल्क बुझाउनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सन्चालन गर्न लगभग ४ लाख २१ हजार खर्च हुन सक्ने आयोजकको आनुमान छ जसका लागि स्थानीय तह, प्रायोजक, सहयोगी ब्यक्ति तथा संस्था, गाउले बाट सहयोग एवम् टिम दर्ता बाट रकमको ब्यवस्थापन गर्ने आयोजकको योजना रहेको क्लबका अध्यक्ष इश्वर गिरीले जानकारी दिनुभयो ।