अर्घाखाँची । पाणिनि गाउपालिकाको दुर्गाफाटमा जारी दुई दिने मिडिया सम्मेलन १० बुदे पाणिनि घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ् । असोज १९ र २० गते आयोजना गरिएको मिडिया सम्मेलनमा अर्घाखाँचीको समग्र बिकासमा मिडियाको भूमिका सहित जिल्लाको बिकासमा योगदान पुर्याउने मिडिया हाउसहरु र पत्रकारहरुको अवस्थाको बारेमा चर्चा गरिएको थियो । पत्रकारिताको माध्यमबाट जनतालाई सुसुचित गराउदै समग्र जिल्ला र देशको बिकासमा महत्वपूर्ण योगदान पुर्याउने मिडिया हाउसहरुको अवस्था धरासायी हुँदै जानु , केही सिमित ब्यक्ती र एजेन्सिहरु मात्र मोटाउने अवस्था आएकोमा सम्मेलनले आपत्ति जनाएको छ ।
सम्मेलनले मिडिया हाउसहरु बच्चाउनको लागि लोककल्याणकारी बिज्ञापनको पारदर्शी बितरण , एजेन्सिहरुको उचित नियमन गर्दै मिडिया हाउस र श्रमजिवी पत्रकारहरुको शहज जीवन यापनको ग्यारेन्टी गर्न पनि स्थानइय सरकार संघ , प्रदेश सरकार सहित् सरोकारवाला निकाय सँग माग गरेको छ् ।
दुर्गाफाटको सगुन एग्रो रिसोर्टमा १९ गते उद्घाटन र अन्तरकृया कार्यक्रमा गरी २० गते व्याकरण उद्गमा स्थल पाणिनि तपोभुमी पणेना पुगेर जारी गरिएको घोषणापत्रमा पत्रकारहरुको प्रेस पास् , मिडिया नविकरण , रेडियो हरुको नविकरण जस्ता सेवाहरु सहज र सरल गराइ सबै काम जिल्ला बाटै गर्न मिल्ने ब्यबस्था मिलाउन पनि सरोकारवाला निकाय सँग माग गरिएको छ् ।
उद्घाटन सत्रमा कार्यक्रमा सफलअताको शुभकामना दिदै लुम्विनी प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री धर्म बहादुर चाैधरीले समस्याकाे हाेईन अब समाधानका कुरा गर्नुपर्ने बताएका छन् । हरेक ठाउँमा समस्या मात्र देखाउने प्रवृत्ती हावी भएकाे भन्दै मन्त्री चाैधरीले नकारात्मकता हाेइन अब सकारात्मकताकाे कुरा गर्नुपर्ने बताएका हुन् ।
अर्घाखाँचीमा रहेका सकृय पत्रकार तथा मिडिया संचालकहरु सहभागी भएको कार्यक्रममा लुम्बिनी सरकारअका भौतिक पुर्वाधार मन्त्री धर्म बहादुर चौधरी , प्रदेश सान्सद रामजी प्रशाद घिमिरे , जिल्लाका छ् वटा पालिकाका प्रमुख उपप्रमुख हरु , पाणिनि गाउपालिकाका निवर्तमान अधक्ष्य , उपाधक्ष्य , पानीनिका ८ वटा वार्डका वार्ड अधक्ष्यहरु , राजनीतिक दलका प्रमुख प्रतिनिधिहरु अग्रज पत्रकार बालकृश्न चापागाइ , माधव नेपाल , बिष्णु भुसाल हिम जिसी लेकाली को उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रमा पाणिनि पत्रकार समाजको आयोजनामा भएको उक्त कार्यक्रमा प्रकाश बेल्बासे प्युठानिको अधक्ष्यता र भिम विश्वकर्माको सन्चालनमा भएको थियो ।