१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

सुन तस्करीबारे सरकारले बनायो जाँचबुझ आयोग, संयोजक डिल्लीराम आचार्य

spot_img

सरकारले सुन तस्करीबारे जाँचबुझ गर्न आयोग गठन गरेको छ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

आयोगको सदस्यमा किशोरङ्ग कार्की, प्रेमराज जोशी र सहकुल थापा छन्।

यो आयोगले सुन तस्करी रोक्ने सम्बन्धमा अध्ययन गरी व्यवस्थित प्रतिवेदन सरकारलाई बुझाउने उनले बताइन्। यो आयोगलाई तीन महिना समय दिइएको बताइएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीबारे अध्ययन र छानबिन गर्न आयोग गठन गर्न माग गरेको थियो।

इलेक्ट्रिक सिगरेट (भेप) भित्र राखेर ल्याएको सुन र ब्रेकशुमा लुकाएर ल्याएको अवस्थामा साउन २ मा बरामद सुनलगायतबारे अध्ययन र अनुसन्धान गर्न आयोग बनाउने यसअघि नै सहमति भएको थियो।

असोज ५ मा आयोग बनाउने भने पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन गएकोले आयोग गठनमा ढिलाइ भएको थियो।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै