लक्ष्मण घिमिरे
अर्घाखाँची । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीले वृहत प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । पार्टि पङक्तीलाई मजबुत बनाउन तथा समसामयीक विषयको जानकारी दिने उद्देश्य सहित वृहत प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो ।
विपी स्मृती भवन सन्धिखर्कमा बसेको पार्टीको बैठकले नेपाली काङ्ग्रेसका केन्द्रीय प्रशिक्षकहरुको उपस्थितिमा असोज २६ र २७ गते प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको पार्टी सभापती केशव श्रेष्ठले जानकारी दिए । बैठकले असोज २४ गते जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरुको बैठक बस्ने निर्णय गरेको छ । यस्तै पार्टीको नियमित बैठक प्रत्येक महिनाको अन्तिम शुक्रवार बस्ने निर्णय भएको कांग्रेस अर्घाखाँचीले जनाएको छ ।
बैठकले ‘जिल्ला सम्मेलन’ भव्य रुपमा सम्पन्न गर्न आवश्यक समन्वय गर्ने र तैयारी गर्ने जिम्मेवारी पार्टी सभापति केशव श्रेष्ठलाई दिने निर्णय गर्दै प्रशिक्षणका लागि तैयारी गर्ने जिम्मेवारी जिल्ला उपसभापति तथा प्रशिक्षण विभागका प्रमुख बिष्णु भुसाललाई दिने निर्णय गरेको छ ।
सभापती केशव श्रेष्ठको सभापतित्व, जिल्ला सचिव कृष्णप्रसाद खनालको सन्चालनमा सम्पन्न भएको बैठकमा पार्टीको संगठन निर्माण, सांगठानिक अवस्था, भावी रणनीतिको विषयमा घनिभुत छलफल गरिएको तथा जिल्ला सदस्य तथा पार्टीका पदाधिकारीहरुले आ-आफ्नो धारणा राखेका पार्टी प्रचार विभाग प्रमुख सुर्यप्रसाद भुसालले जानकारी दिए ।