अर्घाखाँची । छ्त्रदेव गाउँपालिका ४ करूङ्गामा विगतका वर्षहरुमा जस्तो यो वर्ष पनि करूङ्गा -छत्रगञ्ज संयुक्त मञ्चले कालिका नाच निकालेको छ ।
कार्यक्रममा छ्त्रदेव गाउँपालिका प्रमुख चन्द्रमान श्रेष्ठ , वार्ड नम्बर ४ का वार्ड अध्यक्ष भीमलाल खनाल , वार्ड नम्बर ५ का वार्ड अध्यक्ष बालकृष्ण पोखरेल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो। दर्शक हरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम को संचालन कालिका नाचका संस्थापक सदस्य ठाकुर पन्थीले गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले करीब ५००० वर्ष पुरानो लोपोन्मुख कालिका नाच लाई निरन्तर्ता दिदै सस्किर्ति जगेर्ना गर्दै आएकोमा कालिका नाच समिति लाई बधाई सहित धन्यवाद ज्ञापन गरे ।
पुरुष नर्तकले कालो खप्पर, कालो चमर, कालो चोलो र कालै जामा लगाएर एक हातमा खड्ग या तरबार र अर्को हातमा त्रिशूल लिई वीररस प्रधान धूनमा फन्केर नाचिने नाचलाई कालिका नाच भनिन्छ । रातमा यो अनुष्ठानको आयोजना गरि नारीको उग्र रुपमा नचाइने यो नाचलाई कालीनाच पनि भनिन्छ ।
भूत, प्रेत र डंकिनी तर्साउन भनी नचाइने यो नाच अर्घाखाची लगायत ,गुल्मि पाल्पा जिल्लाहरुमा प्रचलित छ । भाद्र शुक्ल पक्षको ऋषि पंचमिको दिन पछि निकालिएको कालिका नाच लाई आईतवार ,मंगलबार र शुक्रवार को बार पारी नचाइ लक्ष्मी पूजा को दिन भीत्राउने चलन रहेको र यदि बाहिरी ठाउँमामा माग अनुसार अरु बार पनि नचाउने सकिने कालिका नाच समितिका सदस्य सागर पौडेलले जानकारी दिए ।