बुटवल ।मोहम्मद जयन्तीको अवसरमा मुस्लिम युवा क्लब बुटवलले मानव सेवा आश्रममा खाना खुवाएको छ ।
क्लबका अध्यक्ष फैयाजदिन मियाले गरिब-अशक्त- असाय लाई सहयोग गर्नु र मुहम्मादको भावना बुझ्नु मुख्य उपदेश रहेको छ बताए ।
कार्यक्रममा क्लबका उपाध्यक्ष जमिर मिया , संस्थापक अध्यक्ष मोहम्मद सलमान लगाएत सिंगो टिमको उपस्थिति रहेको थियो भने आश्रममा रहेका करिब ५० जनालाई खाना खुवाएको अध्यक्षले बताए।