१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायले गरे वृहत् रक्तदान

spot_img

बुटवल ।  ईस्लाम धर्मगुरु पैगम्बर मोहम्मद मुस्तफा सल्ललहाहो, अलैहे वसल्लमको १४९८ औ जन्मोत्सवको अवसरमा बुटवलमा १९ औ पटक रक्तदान कार्यक्रम गरिएको छ ।

मदिना मदरसा मस्जीद प्रबन्ध परिषद् बुटवल–५ को आयोजानमा मस्जीद परिषरमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल वडा नम्बर ५ का अध्यक्ष  हरि प्रसाद श्रेष्ठले सबै धर्मको सम्मान गर्दै समाजमा एक अर्काको भाईचारा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै मस्जीदका अध्यक्ष हाजी सकुर मियाँले  नियमित रूपमा रक्तदान गरी सामाजिक क्षेत्रमा परिषद् अगाडी बढेको र अबको मुख्य योजना एम्बुलेन्स संचालन गर्ने बताएका थिए ।

मुस्लिम समुदायका ३ जना महिला सहित ६० जनाले रक्तदान गरेको कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधि सहयोग रहेको कार्यक्रम संयोजक अलाउदिन अलिले जानकारी दिएका छ्न ।

कार्यक्रम स्वयंसेवक रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानको बिशिस्ट अतिथि ,  रजाए मुस्तफा मस्जिद समितिका पुर्व अध्यक्ष रहमत खानको अतिथि , संस्थाका बरिस्ठ उपाध्यक्ष जलिलउल्ला मियाँको स्वागत मन्तव्य र सचिव सबर मियाको संचालनमा सम्पन्न भएको हो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै