१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

असुरकाेट-रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम सम्पन्न

spot_img

बुटवल ।  असुरकाेट-रुपन्देही सम्पर्क समाजले तीज मिलन कार्यक्रम गरेको छ।

अर्घाखाँची जिल्लाकाे भूमिकास्थान नगरपालिका वार्ड नम्बर ५ असुरकाेटबाट रुपन्देहीमा आएकाहरुका बीच गठन गरिएको उक्त समाजले मंगलबार बुटवलमा तीज मिलन कार्यक्रम गरेको हो।

कार्यक्रममा बाेल्दै भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेल्वासेले हरितालीका तीजको शुभकामना दिदै बर्षको एक पटक आउने तीजमा मात्र नभएर वर्षभरि नै समाजले गर्ने कार्यक्रममा सक्रियताको साथ उपस्थित हुन असुरकाेट वासीलाई आग्रह गर्दै रुपन्देहीमा छरिएर रहेका असुरकाेट वासीलाई एकतावद्ध गरी तीज मिलन गरेर संस्कृतिको जर्गेना गरेकोमा संस्थालाई धन्यावाद ज्ञापन समेत गर्नुभएको थियो।

भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका सचिव यमप्रसाद गैरेले असुरकाेटको कला संस्कृतिको संरक्षण, आपसी सद्भाव र रुपन्देही तथा असुरकाेटलाई जोड्ने पुलको काम गर्नुपर्नेमा जोड दिनुभएको थियो।

त्यस्तै भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका सल्लाहकार तथा ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजका सह-सचिव टेकराज भुसालले एकआपसमा आत्मियता , भाइचारा तथा सद्भाव फैलाउन यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभएको थियो।

कार्यक्रममा पूर्व वडाध्यक्ष तुल्सीराम बेल्वासे, ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजका काेषाध्यक्ष सावित्रा खनाल, खिल्जी-रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष माया भट्टराई, असुरकाेट-रुपन्देही महिला बिभाग अध्यक्ष शान्ता भुसाल लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष बुद्धिबहादुर राेकाकाे अध्यक्षता, सचिव गीता खनाल (बन्जाडे)काे सञ्चालन र सदस्य सपना बेल्वासेकाे स्वागत मन्त्वयमा सम्पन्न भएको थियो।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै