८ बैशाख २०८१, शनिबार
spot_img
८ बैशाख २०८१, शनिबार
spot_img
spot_img

काङ्ग्रेस अर्घाखाँचीद्वारा पुराना नेता चुदालिको पार्थिव शरीरमा चारतारे झण्डा ओढायो

spot_img

अर्घाखाँची । नेपाली काङ्ग्रेस अर्घाखाँचीले काङ्ग्रेसका पुराना नेता स्वर्गिय प्रेम बहादुर चुदालिको पार्थिव शरिरमा चारतारे झण्डा ओढाएर सम्मान व्यक्त गरेको छ ।

स्वर्गीय चुदालिको भाद्र २१ गते ७६ वर्षको उमेरमा आफ्नै निवासमा उपचारको क्रममा निधन भएको हो । स्वर्गीय चुदालिको पार्थिव शरिरमा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारिले चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै लुम्बिनी प्रदेस सदस्य भण्डारिले नेपाली काङ्ग्रेस मालारानिसहित सिङ्गो अर्घाखाँचीले स्वर्गीय प्रेम बहादुर चुदालिको निधनले अपुरणिय क्षती पुर्याएको बताउनु भयो । काङ्ग्रेस अर्घाखाँचीले एक साहाशिक, निडर व्यक्ती गुमाउन पुगेको बताउदै लुम्बिनी प्रदेस काङ्ग्रेस सदस्य भण्डारिले स्वर्गीय चुदालिले देखाएको बाटोमा लाग्ने बताउनुभयो ।

स्वर्गीय चुदाली नेपाली काङ्ग्रेस मालारानी वडा नम्वर ४ साविक ६ नम्वर टोल कमिटी सभापती, क्षेत्रीय प्रतिनिधि, जालकाडा आधारभुत विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष, विभिन्न संघसस्थामा आवद्ध, समाजसेवमा अग्रसर हुनुन्थ्यो ।

स्वर्गीय प्रेम बहादुर चुदालिलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली काङ्ग्रेस, नेकपा एमालेका नेता तथा कार्यकर्ता, गाउँवासी लगायतको उपस्थिति रहेको थियो ।

स्वर्गीय प्रेम बहादुर चुदालिको आजै पवित्रधाम रिडिमा दाहसंस्कार गरिदै छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै