१२ बैशाख २०८२, शुक्रबार
spot_img
१२ बैशाख २०८२, शुक्रबार
spot_img

खांचिकोट : ऐतिहासिक सम्पदा नष्ट भएको टुलुटुलु हेरेर बस्न नसक्ने कांग्रेसको भनाइ

spot_img

खाचिंकोट कालिका मन्दिर भगवती र खांचि रजस्थल क्षेत्रमा भएको निर्माण कार्यको क्रममा पुरातात्त्विक बस्तु भेटिने क्रम रहेको र पुरातत्व सम्बन्धी जिज्ञासा राख्दा सम्बन्धित निकायले नेवास्ता गरेको प्रती नेपाली काङ्ग्रेस खाचिकोटले आपत्ती जनाएको छ ।

उक्त क्षेत्रमा भएको काअर्य सम्बन्धी जिज्ञासा रा चासो राख्दा वार्ड अध्यक्ष चुरा केसि नै सामाजिअ संजाल मार्फत आरोपमा उत्रिए पछि काङ्रेस वार्ड समितिले आज बिज्ञप्ती निकालेर आपत्ती जनाएको हो ।
त्यस क्षेत्रमा ऐतिहासिक महत्वको ख्यालै नगरी उत्खनन् कार्य भएको भन्दै स्थानियहरु सहित जिम्मेवार ब्यक्तिहरु निरिक्षणमा पुग्दा केही पुरातात्त्विक बस्तुहरु भेटिएको हुदा ती बस्तुहरुको पहिचान र संरक्षण गर्ने ब्यबस्था गर्न भनी तत्काल कार्य रोकि सम्बन्धित पक्ष बसेर निश्कर्ष निकाल्न भन्दा विभिन्न आरोप लगाएकोमा पनि उसले बिरोध जनाएको छ ।

गुरुयोजना अनुसार कार्य गर्दा पनि पुरातत्व बिभागको स्वीकृति र रोहवर बिना नै ठुला ठुला मेसिनहरु प्रयोग गरि जग खन्ने नाममा ईतिहास मेट्ने प्रयासमा स्थानिय सरकार नै लागि परेको पनि नेपाली काङ्ग्रेसले जनाएको छ ।
ऐतिहासिक क्षेत्रको बचाउ गर्न सम्पुर्ण सरोकारवालालाइ उक्त क्षेत्रको अवलोकन गरि आफ्नो धारणा बनाउन पनि कान्ह्रेसले अनुरोध गरेको छ ।

सम्बन्धित क्षेत्रको ऐतिहासिक महत्व बचाइराख्न पहल गर्दा जिम्मेवार पदाधिकारिले सामाजिक संजालमार्फत गरिएको दुव्र्यवहार बिधुतिय कारोवार ऐन २०६३ बिपरित भएको भन्दै सम्बन्धित निकायले यथार्थ छनबिन गरि न्यायिक निरुपण गर्न पनि अनुरोध गरेको छ । काङ्रेसले सम्बन्धित तह तथा निकायहरुलाइ ऐतिहासिक महत्वको संरक्षण गर्दै पुरातत्त्व बिभागको निगरानीमा कार्य गर्नुपर्ने पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै