सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाकी कार्यपालिका सदस्य सरस्वती देवी रानाभाटको निधन भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्वर १० गच्छेगैरा निवासी नगर कार्यपालिकाकी सदस्य तथा वडा सदस्य रानाभाटको आज बुधबार निधन भएको हो । कार्यपालिका सदस्यको निधन भएपछि भोलि बिहीबार एक दिनका लागि नगरपालिकाले शोक विदा दिने निर्णय गरेको छ ।
सन्धिखर्क नगरपालिका भित्रका वडा कार्यालय, शिक्षण सस्था, तथा स्वास्थ्य सस्थाहरु बन्द गरि शोक मनाउने नगर प्रमुख स्तरीय निर्णय भएको नगरपाकिलाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताउनुभयो ।
भोली बिहीबार विहान १० बजे नगरपालिकाको कार्यालयमा शोक सभाको समेत आयोजना गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनु भयो ।
