सन्धिखर्क । नेपाली कांग्रेस अर्घाखाँचीले साउनको १९ र २७ गते पालिका स्तरीय र क्षेत्रीय सम्मेलन गर्ने भएको छ ।
साउनको १९ गते जिल्लाका ६ वटै पालिकामा र २७ गते दुई वटा क्षेत्रमा सम्मेलन गर्ने नेपाली कांग्रेस अर्घाखाँचीले विज्ञप्ती निकाल्दै जानकारी गराएको हो ।
उक्त सम्मेलनलाई भब्य र सभ्यताका साथ सम्पन्न पार्न मातहतमा रहेका सम्पुर्ण कमिटिहरुलाई निर्देशन समेत दिएको छ।
साउनको ५ गते बसेको जिल्ला वैठकले गत महिना असार ९ गते ६१ वटै वडामा भएको वडा सम्मेलनलाई सम्पन्न गर्ने खटिएका प्रतिनिधि , प्रवेक्षक लगाएत सम्पुर्ण कृयाशिल सदस्यहरुलाई धन्यवाद समेत दिएको छ ।