अर्घाखाँची । नेपाल प्रेस युनियन अर्घाखाँचीको ८औं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गरेका छन । निवर्तमान अध्यक्ष वीरेन्द्र केसीले नव निर्वाचित अध्यक्ष लक्ष्मण घिमिरे लाई पद हस्तान्तरण पनि गर्नुभएको छ।
बिहिबार घिमिरेको नेतृत्वमा १८ सदस्सीय जिल्ला कार्यसमिति समेत गठन भएको थियो । पदहस्तान्तरण कार्यक्रममा बोल्दै आफ्नो कार्यकालको समयमा सबै संगठनहरु संग आपसी समजदारीमा काम गर्न सफल भएको निवर्तमान अध्यक्ष केसीको भनाइ छ ।
पदमा रहेको समयमा युनियनलाई अन्य संगठनको तुलनामा चलाएमान बनाउनुको साथै रचनात्मक काम गर्न सफल भएको जसमा सबैको साथ पाएको पनि बताउनुभयो । कार्यक्रमको उद्घाटन युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले गर्नुभएको थियो ।बिहिबार उद्घानको दिन १५ जना युनियन क्रमीलाई नगद सहित सम्मान र ५ जना संस्थापक तथा पुर्व नेतृत्व
लाई सम्मान समेत गरिएको थियो ।
यस्तै नव निर्वाचित अध्यक्ष घिमिरे अबको करिव २ वर्षको कार्यकालमा कार्यालय संचालन देखि युनियन क्रमीलाई केन्द्रको निर्देशन बमोजिम तालिम प्रदान गर्ने र तालिम प्रदान गरे बमोजिम हरेक क्षेत्रका समाचार लाई आम नागरिक माझ ल्याउन पहल गर्ने उहाँको भनाइ छ ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल(मुस्कान)ले समचार संकलनको क्रममा कुनै पनि बिचार र आस्था विन समचार संकलन गर्नुपर्ने विषमा जोड दिनुभएको थियो।खोज पत्रकारीता अहिलेको आवश्यता भएकाले अबको पत्रकारीता त्यो लयमा जान आवश्यक रहेको बताउनुभयो ।
जिल्ला सभापति केशव श्रेष्ठले पत्रकारीता क्षेत्रमा कुनै पनि राजनितिक दलले हस्तक्षेप गर्ने संस्था नभएको बताउनुभयो ।कार्यक्रममा कांग्रेस प्रचार विभाग प्रमुख सुर्य भुसाल,पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल र पुर्व अध्यक्ष सोभाखर पन्थीले पनि सुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विष्णु प्रसाद भुसाल ,सचीव कृष्ण प्रसाद खनाल,कोषाध्यक्ष विष्णु क्षेत्री ,सहसचिव कमल पौडेल ,मेघराज पाण्डे ,प्रचार विभाग प्रमुख सुर्य भुसाल,पत्रकार लगायतको सभागिता रहेको कार्यक्रम निर्वाचन समितिका संयोजक नन्दराम भट्टराईको संचालनमा सम्पन्न भएको हो।कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारको समेत सहभागीता रहेको थियो ।