कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले अबैध कारोबार गर्नेलाई पक्राउ पुर्जी जारी गरेको छ ।
भन्सार एन २०६४ को दफा ४० (२) बमोजीम अनुसन्धान गर्न सुरेंद्र तेली भन्ने कारोबारीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको कृष्णनगर भन्सार कार्यालयका अधिकृत बिकाश उपाध्ययले बताएका छन ।
तस्करी नियन्त्रणका लागि विशेष चासो राखेर कड़ाई गरेपछि तस्करहरु बिरोध गर्ने र तस्करहरु योजनाबद्ध तरीकाले फसाउन खोजेको समेत अधिकृत उपाध्यले बताएका बताएका छन ।
कृष्णनगर भन्सार कार्यालय तस्करीलाई कड़ाई गर्दै छ , तस्करहरुले तस्करी गर्न नपाएर आरोप समेत लगाउने गरेको भन्सार अधिकृत उपाध्याले बताएका छन ।