२ चैत्र २०८१, शनिबार
spot_img
२ चैत्र २०८१, शनिबार
spot_img

देवालयलाई बनाइयो ढगी धन्दा , आधा भन्दा बढी रकम हिनामिना

spot_img

बुटवल । बुटवलस्थित सिद्धबाबाधाम विकास समितिमा अनियमितता हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

सिद्धबाबाधाम विकास समितिका केही रसिदहरु सामाजिक संजालमा भाईरल भईरहका छन् । जहाँ एउटै रसिद नंम्बर भएका रसिदको कार्वन कपि र हार्ड कपिमा फरक फरक रकम प्रबिष्ट गरीएको छ ।

मिति २०७९ असार २२ गते काटिएको १६८१३ नम्बरको रसिदको हार्डकपिमा मन्दिरबाट लिएको सेवा बापत एक ब्यक्तीले एक हजार एक सय ५ रुपैया रकम तिरेको देखिन्छ तर सोही रसिदको कार्वन कपिमा भने उनले ५ सय ५ रुपैयाँ मात्र तिरेको देखाईएको छ । उक्त रसिदबाट ६ सय रुपैया अनियमितता गरीएको छ ।

यस्तै २०७९मंसीर २६ गते काटिएको १७११४ नम्बरको रसिदको हार्डकपिमा एक हजार एक सय ५ रुपैया रकम तिरेको देखिन्छ तर सोही रसिदको कार्वन कपिमा भने उनले ५ सय ५ रुपैयाँ मात्र तिरेको देखाईएको छ भने २०७९ मंसीर २८ गते काटिएको १७११२ नम्बरको रसिदमा पनि एउटै प्रकृतिको घटना दोहोरीएको देखिएको छ ।

मंसिरमा म्याद सकिएको ब्यवस्थापन समितिको निर्वाचनका लागि सहमती हुन नसक्दा नयाँ नेतृत्व चयन हुन नसकेपछि राजनैतिक दल तथा वडा अध्यक्षको रोहबरमा कृष्ण प्रसाद तिमिल्सेनालाई काम चलाउने जिम्मेवारी तोकिएको एक सदस्यले जानकारी दिए ।

उनका अनुसार सोही मौकाको फाइडा उठाउदै तिमिल्सेना कै मिलेमतोमा अनियमितता हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुःखी (50%)
  • खुसी (25%)
  • अचम्मित (25%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै