बुटवल । छत्रगन्ज – रूपन्देहि सम्पर्क समाजले बुटवल ९ तीनकुनेको सिमरन पार्टी प्यालेसमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सम्पर्क समाजका अध्यक्ष सिद्दार्थ पन्थीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा समाजका सस्थापक अध्यक्ष रायमाझी रहनुभएको थियो भने कार्यक्रमको सन्चालन समाजका सचिब विराट पौड़ेलले गर्नु भएको थियो ।
उक्त रक्तदान कार्यक्रममा ५६ यूनिट रगत संकलन भएको उक्त रक्तदान कार्यक्रमका सम्योजक बन्दना पान्डेले जानकारी दिनुभयो ।