बुटवल । इस्लामिक क्यालेन्डरको सबैभन्दा ठूलो चाड मध्ये एक ‘ईद उल अजहा’, विश्वभरका लाखौं मुस्लिमहरूले आज मनाउँदै छन्।
‘बलिदानको पर्व’को रूपमा चिनिने ‘ईद उल अजहा’ साउदी अरबमा हुने वार्षिक हजको अन्तिम संस्कारको दिन पर्न जान्छ।
ईदको दिन जनावरको बलि, सामान्यतया बाख्रा, भेडा बलिदान दिएर छिमेकी, परिवारका सदस्य र गरिबहरू बीच बलिको मासु वितरण गरि मनाईने चलन छ।