यो पर्व बलिदानसंग सम्बन्धित छ, आर्थिक र शारीरिक रुपमा सक्षम अल्लाहका भक्तहरु यहीँ जिल्हिज्जाको महिनामा हज अदा गर्छन् भने न्युनतम सिमाभन्दा बढी धन भएका हजमा नगऐका अन्य आस्थावानहरुले आफु रहेको स्थानमा जनावर ( उँट,भेडा,बाख्रा ) को बलि दिऐर यो चाड मनाउछ्न।
इस्लामका प्रत्येक शिक्षामा त्याग , बलिदान र समर्पण केबल अल्लाहको खुशी प्राप्तिको लागी हुने गर्दछ । आफ्नो बोलिवचन र ब्यवहारबाट अरुलाई पुज्य नठान्नु, वैध तरिकाले मात्र भौतिक आर्जन गर्नु, पुण्यदायी तथा वैध कार्यको लागी आफ्नो माल खर्च गर्नु, बास्तबिक जिवनपद्धतिको प्रणालीलाई जिवन्त राख्नु नै अल्लाहको खुशी प्राप्त गर्ने माध्यम हुन् ।
ईस्लामले त्याग र बलिदान गर्न सिकाउँछ। यस्तै त्याग , बलिदान र समर्पणको शिक्षा दिने चाडको रुपमा इदुल अज्हा रहेको छ । यसमा अल्लाह तआला का सन्देशक हजरते इब्राहिम अलैहीस्सलाम र उहाँको छोरा हजरते इस्माइल अलैहीस्सलाम को त्याग र समर्पणको मर्मस्पर्शी इतिहास जोडिएको छ । उनिहरु जिवनभर अल्लाह पाकको आदेश अनुसार जीवन यापन गरिरहे । अग्नि परिक्षा, घर निकाला र अनेकौं यातना सहनु परेपनी उहाँहरु अल्लाह पाकको मर्गबाट रतिभर पछि हट्नु भएन । अल्लाहको आदेश अनुसार आफ्नो बुढेसकालको सहाराको रुपमा रहेको प्राणभन्दा प्यारो छोरा हजरते इस्माइल अलैही स्सलाम को बलि दिन समेत उनि तयार भए । इस्माइल अलैही स्सलाम पनि धैर्य रहेर अल्लाहको आदेश अनुसार आफ्नो बलि दिन तयार भएर धारिलो छुरिमुनी आफ्नो गर्दन तेर्साइदिय ।
त्यस्तै कुराको स्मरण गर्दै र आफुलाइ पनि अल्लाहको आदेशप्रती आत्मसमर्पण गर्ने प्रतिज्ञाको नविकरण गर्दै प्रत्येक आर्थिक सम्पन्न ब्यक्तिहरु बकर-इदमा जनावरको बलि दिने गर्छन् ।
#सिख_सन्देश
हजरते इब्राहिम अलैही स्ससलाम को त्याग र समर्पणलाई नै असल त्याग र समर्पण भनिन्छ । बोलि र ब्यवहारमा एकरुपता भएमात्र बास्तबिक बलिदन वा त्याग हुन्छ ।बोलि एकातिर र ब्यवहार अर्कोतिर भएमा त्यो कदाचित इमानदारिता र बलिदान हुन सक्दैन । त्यसैले नामको मात्र नभई कामको असल र कुशल मुसलमान बनौं ।
🖋️✍️ आसीम रजा