अर्घाखाँची । सुरक्षित गर्भपतन अधिकार, मौलिक हक सुनिश्चितताको आधार भन्ने मुल नाराका साथ समाजसेवा वातावरण तथा संस्कृति समुह अर्घाखाँचीको आयोजना तथा आईपास नेपालको साझेदारीमा कार्यक्रम सम्पन्न भएको छ ।
यस संस्थाले सितगंगा नगरपालिकाका सामाजिक महिला अगुवालाई प्रशिक्षित बनाई नगरपालिकाका १४ वटै वडामा अबका दिनमा उनिहरुले ग्रामिण भेगमा सुरक्षित गर्भपतन के हो र यसका फाईदा बेफाईदा सम्बन्धि पैरवी गर्ने छन् ।
आईपास नेपालका कार्यक्रम प्रमुख युवा तथा नागरिक समाज जिवन देवकोटा बाट प्रजनन स्वास्थ्य र सुरक्षित गर्भ पतन कार्यकार सम्बन्धि बिस्तृत जानकारी गराउनु भयो ।
सुरक्षित गर्भपतन अधिकार मौलिक हक सुनिश्चित गर्नका लागी आफु पुर्णरुपमा सहयोग गरि सामाजिक अगुवाहरुलाई समिति बनाई बैंक खाता खोली महिला अगुवाहरुलाई ग्रामिण महिलाहरु माझ पुगेर सहयोग गर्नकालागी निर्देशन गर्दै अगुवा महिला दिदीबहिनी हरुलाई आफ्नो साथ सपोर्ट रहेको सितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेलले बताउनु भयो भने यस कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल सरकारका पुर्व उपासभामुख पुष्पा भुसाल द्वारा असुरक्षित गर्भपतनको अधिकारको लागि कानुनी रुपामा मान्यताका दिनको लागी २०५१/२०५२ सालमा नेपाल परिवार नियोजन सम्बन्धि कार्यपत्र तयार गरि सुरक्षित गर्भपतन अधिकार कानुनमा लेख्नु पर्नेमा संघर्ष गर्दै २०६२/२०६३ को आन्दोलन पछि अन्तरिम संबिधानमा लेख्नुपर्छ भनेर लेख्यौ र २०७४ सालको संबिधानमा संबिधानको मौलिक हकमा राख्यौ प्रजनन अधिकार, आफ्नो शरिरको आफ्नै अधिकार हुनुपर्छ भनेर अधिकार मौलिक हक अधिकार हो भन्नु भएको छ ।
जलबायु परिवर्तनबाट स्वास्थमा पर्ने असर बारे सितगंगा नगरपालिकामा रहेका महिलाहरुको स्वास्थमा पर्ने जोखिमका बारेमा लाग्न का लागी उहाले बसाईसराई लाई रोकि ब्यवसायिक कृर्षिमा जोदिनु पर्ने र महिला आत्मनिर्भरमा लाग्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रम कार्यकारी निर्देशक लक्ष्मी अधिकारी पौडेलको अध्यक्षता संस्थाका कार्यक्रम अधिकृत आदर्शको स्वागत बाबुराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।