बुटवल । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघको लुम्बिनी प्रदेश अगुवा भेला सम्पन्न भएको छ ।
सनिवार रुपन्देहीको बुटवलमा बसेको बृहत अगुवा भेलाले जाकिर हुसेनको अध्यक्षतामा ८ जनाको पदाधिकारी सहित २५ सदस्यीय समिति गठन गरेको हो ।
२०७९ चैत १२ गते नेपाल मुस्लिम संघ केन्द्रिय समितिले रुपन्देहीका जाकिर हुसेनलाई प्रदेशको संयोजक तोकेको थियो ।
उक्त कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रिय सचीव सफिक अहमद , केन्द्रिय बरिस्ठ सल्लाहकार अहमद हुसेन मिया लगाएत अन्य नेताहरुको उपस्थिती रहेको थियो ।
संघले मद्रसा शिक्षाको सरकारी मान्यता तथा समकक्षता निर्धारण, मस्जिद, मद्रसा, इदगाह, कव्रास्थानलगायत सांस्कृतिक तथा धार्मिक स्थलको सरकारद्वारा संरक्षण र सम्वद्र्धन गर्न माग गर्ने जनाएको छ।
कार्यक्रम नेपाली कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाको प्रमुख अतिथ्यतामा , अध्यक्ष जाकिर हुसेनको अध्यक्षता र सचिव सबर मियाँको संचालनमा सम्पन्न भएको हो ।