प्रिन्स मिश्रा , कपिलवस्तु । शिवराज नगरपालिका वडा नं १० लालपुरले प्रोत्साहन अन्र्तगत छात्राहरुलाई साइकिल वितरण गरेको छ । उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि छात्रालाई साइकिल वितरण गरिएको हो ।
सोमबार एक समारोहका विच ३४ जना छात्राहरु लाई साइकिल वितरण गर्दै वडा अध्यक्ष मंजु मिश्राले किशोरीहरुलाई बिद्यालय जान र शिक्षा हासिल गर्न प्रोत्साहन गरेको र शिक्षा हासिल गर्न बिद्यालय आउजाउ गर्न मद्दत पुग्ने बताउनुभयो ।
![Workplace](https://lumbiniaawaj.com/wp-content/uploads/2022/04/Jansa_Carpets___Online_ad___885_x_120.gif)