प्रकाश चुदालि,
बुटवल । पाणिनी पत्रकार समाज नेपालद्वारा हिजो बेलुका पाल्पामा भएको दुर्घटनामा प्रति दुख ब्यक्त गरेको छ ।
पाणिनी पत्रकार समाज नेपालले एक बिज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति दुख ब्यक्त गरेको हो । रुपन्देहीको सालकण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याव जिप पाल्पाको रैनादेवी ८, सत्यवती केवँरेछेडामा आइतबार बेलुका ढोरपाटन सडकमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी अर्घाखाँचीको पाणिनी गाउँपालिकाका गाउँसभा सदस्यसहित ५ जनाको मृत्यु भएको थियो । उक्त घटनामा मृतकप्रति श्रद्धाञ्जली सहित उपचारारत घाइतेप्रति समाजले सिघ्रस्वास्थ्य लाभको कामना गरेको छ ।
यस्तै समाजले ट्राफिक नियमको अनिवार्य पालना गरी संभावित दुर्घटना न्युनिकरणमा सहयोग गर्न सबैमा अनुरोध समेत गरेको छ