प्रकाश चुदाली
अर्घाखाँची । पाल्पामा जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन ।
रुपन्देहीको सालकण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याव जिप पाल्पाको रैनादेवी ८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी ढोरपाटन सडकमा दुर्घटनामा परेको हो । दुर्घटना परि ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको पहिचान खुलेको छैन । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याईएको छ ।
रुपन्देहीको सालझण्डी र प्रहरी चौकी बल्बेंडगडी पाल्पाबाट प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिए ।
बल्ढेङगढी चौकीबाट दुर्घटनास्थल टाढा र एकान्तमा पर्ने भएकाले स्थानीयले नै उदार थालेका थिए । जिप सडकबाट करिब ७० मिटर तल खसेको छ ।