१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

छत्रदेव-६ द्वारा २८ ज्येष्ठ नागरिकलाई प्यूठान र अर्घा भगवती मन्दिरमा तीर्थयात्रा

spot_img

कमला घिमिरे
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ६ ठूलापोखराले वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई प्यूठानको स्वर्गद्वारी र अर्घाखाँचीकै अर्घा भगवती मन्दिरमा २ दिने तिर्थ यात्रा गराएको छ ।

वडा कार्यालयले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकहरुलाई प्यूठानको स्वर्गद्वारी र अर्घाखाँचीकै अर्घा भगवती मन्दिरमा २ दिने तिर्थ यात्रा गराएको हो ।

वडा भित्रका ७५ वर्ष वा सो भन्दा माथिल्लो उमेर समूहका २८ जना ज्येष्ठ नागरिकलाई सकुशल तीर्थ यात्रा गराएको वडाध्यक्ष कमल पौडेलले जानकारी दिए । सामान्यतया आफ्नै खुट्टाले केही समयको पैदल यात्रा पनि हिंडेर पार गर्न सक्ने र आफ्नो सामान्य दैनिकी आफै निर्वाह गर्न सक्ने ज्येष्ठ नागरिकहरुलाई तीर्थ यात्रापछि सकुशल निवासमै ल्याई छोडिएको छ ।

वडाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत तीर्थ यात्रामा सहयोग गर्ने ज्येष्ठ नागरिक आमाबुबा, स्वास्थ्यकर्मी, वडाका निर्वाचित जनप्रतिनिधि र सहयोगका निम्ति खटिने सबै प्रति आभार व्यक्त गरेका छन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (17%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (17%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै