१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

शिवगढी इङ्गलिस बोर्डिङ स्कुलको परीक्षाफल प्रकाश, जीवनमाया लाई १ लाख रुपैयाँ प्रोत्साहन

spot_img

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ ,शिवपुर बेलौतीमा अवस्थित शिवगढी इङ्गलिस बोर्डिङ स्कुलको परीक्षाफल प्रकाशन, पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा हालै एमबिबिएस मा स्कलरसिपमा नाम निकाल्न सफल भएकी विद्यालयकी पूर्व विद्यार्थी जीवनमाया रोकामगर लाई प्रोत्साहन स्वरूप एक लाख रुपैयाँ प्रदान गरिएको छ, विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया गैरे, प्रिन्सिपल हेमराज शर्मा, विद्यालयका प्रवन्ध निर्देशक तोयानाथ गैरे, प्याब्सन केन्द्रिय सदस्य शिव गैरे र प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले संयुक्त रुपमा एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको  हो।

विद्यार्थीहरूको नृत्य एवम् सास्कृतिक प्रस्तुति एवम् अतिरिक्त कृयाक्लापको प्रस्तुतिको रोमाञ्चकता संगै अभिभावकहरूको बाक्लो उपस्तिथिमा सम्पन्न परीक्षाफल प्रकाशन, पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रममा यस शैक्षिक शत्रमा जिल्ला र स्थानीय तहमा सन्चालित बिभिन्न विद्यालय स्तरीय प्रतियोगितामा सहभागी भएर उत्कृष्टता प्राप्त गरेका विद्यार्थी लाई पुरस्कार तथा सम्मान गर्नुका साथी परीक्षामा सहभागी भइ प्रथम, द्वीतीय, तृतीय स्थाम हासिल गरेका विद्यार्थी लाई पुरस्कार बितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले पछिल्लो समय विद्यार्थी तथा युवा पुस्तामा देखिएको अनुशासनमा बिचलन र कुलतको प्रभाव लाई रोक्न अभिभावकले सस्कारयुक्त वातावरण घरबाट पनि सिर्जनागर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नगरप्रमुख अजय थापाले नगरका विद्यार्थीहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण तयार होस भनेर यस पालिकाका जनप्रतिनिधि त्यस तर्फ ध्यान केन्द्रित गरेको बताउनुभयो, त्यस्तै उपप्रमुख शिवकुमारी थारुले बालबालिकाले  बाच्नपाउने अधिकार, सहभागिताको अधिकार, संरक्षणको अधिकार, पढ्न पाउने अधिकार पाउनुपर्ने धारणा राख्नुभयो , त्यस्तै प्याब्सन केन्द्रिय सदस्य शिव गैरेले निजी तथा आवासीय विद्यालयले मुलुकको शैक्षिक जगतमा उत्कृष्ट नतिजा ल्याउदै शैक्षिक र जेहेन्दार जनशक्ति उत्पादनमा राजयको सहयोगी बनीरहेको बताउनुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया गैरेको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, उपप्रमुख शिवकुमारी थारु, शिवराज नगरपालिका १ नम्बर वडाका अध्यक्ष खिमबिक्रम केसी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख पूर्ण विश्वकर्मा, प्याब्सन केन्द्रिय सदस्य शिव गैरे लगायतको विशिष्ट आतिथ्यता रहेको कार्यक्रम विद्यालयका प्रिन्सिपल हेमराज शर्माको स्वागत र विद्यालयका प्रवन्ध निर्देशक तोयानाथ गैरेको सन्चालनमा सम्पन्न भएको हो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (17%)
  • हाँस्यास्पद (17%)
  • आक्रोशित (17%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै