कपिलवस्तुको शिवराज नगरपालिकाले स्मार्ट शौचालय निर्माणको योजना बनाएको छ, देशका बिभिन्न शहर बजारमा शौचालय निर्माण भन्दा पनि सन्चालन र व्यवस्थापन चुनौतीपूर्ण बन्नेगरेको परिपेक्षमा पालिकाले स्मार्ट शौचालयको अवधारणा अघि सारेको हो, शिवराज नगरपालिकाको व्यस्त बजार चन्द्रौटा बजार हुदै प्रत्येक दिन हजारोको संख्यामा यात्रीहरु आउने जाने र यस क्षेत्रका सयौ व्यक्तिहरुको मुख्य बजार नै चन्द्रौटा बजार भएकोले यस ठाँउमा सार्वजनिक शौचालयको माग बेला बेलामा सरोकारवालाहरुले उठाउदै आएका थिए ।
पटक पटक चन्द्रौटा बजारमा सार्वजनिक शौचालय बनाउने माग आएपछि शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरपालिकाको बजेट वाट स्मार्ट शौचालय बनाउन लागेको बताए । शिवराज नगरपालिकाको वडा न. ५ मा रहेको संजिवनी अस्पतालको अगाडी तिन वटा अस्थाई स्मार्ट शौचालय बनाउनु विषय अगाडी बढेको वडा न. ५ का अध्यक्ष नेत्र प्रसाद बेल्वासेले जानकारी दिए ।
भएका पुराना शौचालयलाई व्यवस्थित गर्नुका साथै थप नयाँ बनाउन लागेको र सर्वसाधारणको सुविधाको लागि नयाँ-नयाँ पूर्वाधार थपिने नगर प्रमुख थापाले बताए ।
शिवराज नगरपालिकाका नगर प्रमुखका अनुसार नयाँ बन्ने सार्वजनिक महिलामैत्री हुनेछन्। हरेक सार्वजनिक शौचालयमा स्यानिटरी प्याड, पर्याप्त पानी, बत्ती र सुविधाजनक शौच गर्ने ठाउँ हुनेछ। पर्याप्त जग्गा भएको ठाउँ हेरेर महिला, पुरुष भएका व्यक्तिका लागि छुट्टाछुट्टै डिजाइनमा निर्माण गरिने उनले जानकारी दिए।
शिवराज नगरपालिकाका प्रावधिक टोलीले तय गरेको डिजाइनअनुसार यी शौचालयमा स्वचालित बत्ती जडान गरिनेछ, जुन मान्छे छिर्दा बल्छ र निस्कँदा आफैं निभ्छ । शौच सकिएपछि सफाइ निम्ति पानी, ट्वाइलेट पेपर, स्प्रे लगायत व्यवस्था हुनेछ। हात धुन साबुन र पानीको पनि व्यवस्था गरिनेछ । त्यस्तै, शौचपछि स्वचालित उपकरणले पानी झार्छ र फोहोर पखाल्छ। जिम्मेवारी लिएकाहरूले पनि राम्ररी काम गरेको पाइएन । नगरपालिकाले शौचालय निर्माण गर्ने ठाउँ वरिपरिको वातावरण पनि सफासुग्घर र व्यवस्थित गर्ने योजना ल्याएको छ ।
शौचालय भन्नेबित्तिकै फोहोरी ठाउँ हो भन्ने आमधारणा बनेको छ । हामी यसलाई गलत साबित गर्न चाहन्छौं नगर प्रमुख थापाले बताए । टाढैबाट गन्धले नाक छोप्नुपर्छ। अब बन्ने शौचालयहरू दुर्गन्धित, फोहोरी र अव्यवस्थित हुँदैनन्। चालू शौचालयलाई पनि सुधार गरेर सुविधासम्पन्न बनाउने प्रयास रहेको उनले बताए । नगरपालिकाले नयाँ शौचालय निम्ति ठाउँ हेरेर डिजाइन छनौट गरेको छ ।