१ फाल्गुन २०८१, बिहिबार
spot_img
१ फाल्गुन २०८१, बिहिबार
spot_img

शिवराजमा तीन तीन महिनामा घरघर पुगि ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न निर्देशन

spot_img

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी अगाडि बढेको छ । गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्सको सेवा प्रदान गरेको शिवराज, स्मार्ट क्लीनिक सन्चालनको तयारीमा छ ।  नगरपालिका अब तिन,तीन महिनामा जेष्ठ नागरिकको स्वास्थ्य जाँच घरदैलोमा पुगि दिनेगरि योजना बनाउना नगर प्रमुखले स्वास्थ्य कर्मीहरूलाइ निर्देशन दिएका छन् ।

नगरको वडा नं. ५ चन्द्रौटामा स्मार्ट क्लीनिकको भवन बनिरहेको र आगामी बैशाख १ गते औपचारिक सेवाको उद्घाटन गर्ने तयारीमा शिवराज नगरपालिका छ ।

स्मार्ट क्लीनिक देशकै नमूना अवधारणा हो । सुविधाजनक भवन र सेवा मार्फत सबै खाले खोप सम्बन्धि कार्य एकै स्थानबाट गर्न थालिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताए ।

राज्यले उपलब्ध गराएका सबैखाले उमेर समूहका व्यक्तिलाई दिइने खोप एकै ठाउँबाट व्यवस्थित ढंगले सेवा प्रदान गर्न थालिएको भट्टराईले बताए ।

यस्तै शिवराज आधारभूत हस्पिटलबाट चौविसै घण्टा सेवा दिने तयारीमा शिवराज छ । हस्पिटलमा आवश्यक जनशक्ति परिपूर्तिका लागि विज्ञापन खुलाइएको छ । आगामी आर्थिक बर्ष देखि एमडी चिकित्सकसहित हस्पिटलबाट नगरबासीलाई सेवा दिने तयारी रहेको नगर प्रमुख थापाले बताए ।

साथै स्वास्थ्य बीमा कार्यक्रमलाई समेत आगामी आवबाट थप प्रभावकारी बनाउने योजनामा आफूहरु रहेको उनले जनाए ।

नगरमा रहेका स्वास्थ्य संस्थाको सुदृढिकरण र सेवा प्रवाहलाई व्यवस्थित बनाउनका लागि एक चरणको छलफल सकेर योजना निर्माण थालिएको नगर प्रमुख थापाले बताए ।

थापाले शुक्रबार स्वास्थ्य क्षेत्रमा काम गर्ने मुख्य व्यक्तिलाई नगरमा बोलाएर छलफल गरेका थिए ।

आफ्नो मुख्य प्राथमिकतामा स्वास्थ्य क्षेत्र पनि परेको बताउँदै यसलाई कसरी प्रभावकारी र जनमुखी सेवा प्रदान गर्न सकिन्छ भनेर सम्बन्धित शाखाका कर्मचारीसंग नगर प्रमुख थापाले राय मागेका थिए ।

नगर प्रमुख थापा मावि तहसम्मको शिक्षा निशुल्क बनाउने अभियानमा छन् भने, स्वास्थ्य सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने गरी लागि परेका छन् ।

नगरका स्वास्थ्य शाखा प्रमुख भट्टराईले नगर प्रमुखको नजरमा स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेको बताए ।

‘शिक्षासंगै स्वास्थ्यलाई समेत राम्रो बनाउने दिशामा नगर प्रमुख हुनुहुन्छ, यसमा हाम्रो पूर्ण साथ र सहयोग छ’, भट्टराईले भने ।

शिवराजमा स्थायी र अस्थायी गरी झण्डै ९० जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • हाँस्यास्पद (100%)
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै