९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

शिवराजमा विश्व उपभोक्ता दिवसको अवसरमा उपप्रमुख चौधरी द्वारा चन्द्रौटा हाटबजार अनुगमन

spot_img

कपिलवस्तु । कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा अवस्थित चन्द्रौटा हाट बजारमा विश्व उपभोक्ता दिवसको अवसरमा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी सहितको टोलीले अनुगमन गरेकी छन, भेटनरी अस्पताल पशु विज्ञ केन्द्रको आयोजनामा चन्द्रौटा हाट बजारमा रहेका माछा तथा मासु पसलमा अनुगमन गरिएको भेटनरी अस्पताल पशु विज्ञ केन्द्र तौलिहवाका प्रमुख विष्णु प्रसाद खनालले जानकारी दिए ।

घरेलु तथा साना उद्योग तौलिहवा, जिल्ला प्रशासन कार्यालय कपिलवस्तु खाद्य तथा गुण नियन्त्रण कार्यालय कपिलवस्तु इलाका प्रशासन कार्यालय चन्द्रौटा वडा प्रहरी कार्यालय चन्द्रौटा र शिवराज नगरपालिकाको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो । एक दर्जन बढी पसलमा अनुगमन गर्दा सबै पसलमा मापदण्ड विपरित पसल संचालन गरि रहेको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख हिमाल विश्वकार्माले बताए । स्थानिय सरकार संचालन ऐन २०७४ ले स्थानिय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता अन्तर्गत १९ वटा बुदामा स्थानिय सरकारको दायित्व भित्र पर्ने भएकोले बजार अनुगमनमा गरिएको शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी चौधरीको बताइन् । टोलीले दशवटा माछा पसल पाँच वटा बंगुरको मासु पसलमा अनुगमन गरेको थियो ।  अनुगमन टोलीले सरसफाइको अवस्था,प्रयोग गरिएका ढकहरुको प्रमाणीकरण,नापतौल प्रमाणपत्र, नापतौल सामग्रीको अवस्था, माछ खरिद गरिएका बिल,मासु विक्रि गर्न राखिएको स्थलको समेत जानकारी लिएको र पहिलो पटकलाई चेतावनी सहित आर्को पटक अटेरी गरे कार्वाहि गरिने इलाका  प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत हिमाल विश्वकर्माले बताए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै