स्वतन्त्र बिद्यार्थी युनियन सबै बिद्यार्थी हरुको मतद्वारा चुनिने एउटा बैधानिक साझा संस्था हो। स्वतन्त्र बिद्यार्थी युनियन बिद्यार्थीहरुका शैक्षिक मुद्दालाई सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्ने एवम् ती मुद्दाको निवारणका निम्ति प्रभावशाली भुमिका निर्बाह गर्ने विद्यार्थीको निर्वाचित संस्था पनि हो। यस्लाइ नेता उत्पादन गर्ने नर्सरीको रूपमा हेरिन्छ। देशका भविष्यका राजनीतिज्ञ जन्मिने महत्वपुर्ण जग स्ववियुलाई मान्ने गरिन्छ। यस्को गर्बिलो इतिहासलाई हेर्ने हो भने यो कुनैबेला एउटा ब्यबस्था बदल्ने “पिलर” थियो । तत्कालीन राजा महेन्द्रले २०१७ सालमा ‘सैनिक कु ‘ गरे। २००७ सालको सङ्हर्श बाट प्राप्त प्रजातन्त्र समाप्त पारे, दलहरुमाथी प्रतिबन्ध लगाए भने नेताहरुलाइ नजरबन्धमा राखे। राज्य दमनका विरुद्ध लड्नका लागि स्वतन्त्र बिद्यार्थी युनियन गठन गरिएको थियो। त्यतिबेला देखाबटी रूपमा बिद्यार्थीको शैक्षिक मुद्दा उठान गर्न स्वबियु भनिएको थियो तर भित्रभित्रै राजतन्त्र एवम् निर्दलीय पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन थियो।२०३६ सालको जनमत संग्रह अगाडि स्वबियु निर्वाचनलाई दलहरुले मिनि संसदको रुपमा लिने गरेका थिए। स्वबियु निर्वाचनलाई आफ्नो प्रतिस्ठाको विषय बनाउने गरेका थिए तर अहिले दलहरुले स्वबियु निर्वाचनलाई त्यती महत्त्व दिएको देखिदैन।
प्रत्येक २/२ बर्षमा स्वबियु निर्बाच्न हुनेगरि ऐन संसोधन गरिएको भएतापनी , २०३५ सालदेखि २०६५ सालसम्म १४ पटक स्वबियु सम्पन्न भएको छ। तर, २०६५ सालपछि भने स्वबियु निर्वाचनको मिति घोषणा गर्दै सार्दै आइएको छ। लगभग ८ बर्षपछि २०७३ सालमा सिमित क्याम्पसमा मात्र चुनाव भयो। दोस्रो जनआन्दोलनपछि २०६३ सालयता स्वबियु निर्वाचन नियमित हुन सकेको छैन।
विद्यार्थीका बौद्धिक एवम् रचनात्मक क्षमतालाई उत्प्रेरित गरि त्यस्ता क्षमताको अभिवृद्धि गर्ने विद्यार्थी हकहितका मुद्दा उठान गर्ने कुराहरु स्वबियु निर्वाचन नभएर बर्जित भएका छन्। स्वबियु निर्वाचन नहुदा बिद्यार्थीका शैक्षिक मुद्दाहरु ओझेलमा परेकाछन भने प्रशासनिक ढिलासुस्ती बढेको छ।बिद्यार्थी राजनीति कम्जोर भएको छ भने स्वबियु निर्वाचन नहुदाको परिणाम युवाहरुको राजनीति प्रती बितृसणा बढेको छ। कुनै बेला व्यवस्था परिवर्तनका निम्ति ढाल बनेर उभिएको स्ववियु निर्वाचन अहिले दलहरू को सामान्य प्राथमिकता समेतपर्न नसक्नु विडम्बनाको कुरा हो। स्ववियुभित्र रहेका अनेकौं नकारात्मक पक्षलाई निराकरण गर्दै सवल एवम् शक्षम विद्यार्थी युनियनको रुपमा स्ववियुलाई स्थापित गर्नु जरुरी छ। आर्कोतर्फ निर्वाचन अराजक बनाउनेगरि स्ववियु चुनावको पूर्वसन्ध्यामा विद्यार्थी नेताबाट हुने अराजक गतिविधि समेत नियन्त्रण गर्नु उत्तिकै आवस्यक छ। देशमा हजारौं शैक्षिक समस्या छन्, तिनको समुचित समाधानका निम्ति स्ववियु भरपर्दो संस्था हुनसक्छ।