२४ आश्विन २०८१, बिहीबार
spot_img
२४ आश्विन २०८१, बिहीबार
spot_img
spot_img

विवादले वर्षौं देखि सडक निर्माण रोकिए पछि नगर प्रमुखको पहल, दुवै पक्षको सहमतिमा निर्माण शुरु

spot_img

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा न ४ पिपरामा दुई  व्यक्तिको विवादले गर्दा वर्षौ सम्म रोकिएको आर सिसि सडक निर्माण कार्य शुरु भएको छ । शुक्रवार दुवै पक्षले शिवराज नगरपालिकाका मेयर अजय थापालाई गाँउ मै छलफल गरि काम सुचारु गर्न आग्रह गर्पछि वडा न ४ का अध्यक्ष नसिम अहम्द सहित निर्माण स्थलमा गइ अनुगमन गरेका थिए ।पिपरा निवासी मोहम्द नसिम मुसलमानले न्यायिक समितिमा उजुरी पछि नगर प्रमुख थापाले उक्त गाँउका व्यक्तिहरुको उपस्थितिमा दुवै पक्षको सल्लाह अनुसार मोहम्द नसिम मुसलमानको जग्गामा ३ मिटर ९० सेन्टीमिटर र स्वयम मोहम्द नसिम मुसलमानको सहमतीमा बिच सेन्टर देखि दुवै पक्षको बिच सहक वाट दुइ दुइ मिटर आधार मानी सडक छुटाइएको उपभोक्ता समितिका अध्यक्ष नुर मोहम्द मुसलमानले बताए । दुइ व्यक्तिको आपसी झगडाले सडक अवरुद्ध गर्नु र गाँउलेको निकास रोक्नु बेठिक भएको मुसलमानले बताए ।
सडक बनाउने वियषमा असहमति भएपछि   न्यायिक समितिमा उजुरी परेको थियो ।  सडक बन्ने विषयमा उजुरी परेपछि नगर प्रमुख थापाले उक्त सडकको अनुगमन गरेका थिए । थापाले सडक सहमतिमा निर्माण भएको र वडा न ४ का अध्यक्ष नसिम मुसलमानको उपस्थितिमा उक्त निर्माण स्थलमा गाँउलेको समेत उपस्थिमा सहमति भएको बताए । विकास निर्माणमा कसैले अवरोध गर्न नहुने बताए ।
वडा अध्यक्ष नसिम मुसलमानले लामो समय देखि विवादको कारणले सडक निर्माण हुन नसकेको र गत आर्थिक वर्षको रकम समेत फिर्ज भएको बताए । उक्त सडक आरसिसिका लागि ९ लाख रकम छुटाएको अध्यक्ष मुसलमानले बताए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (79%)
  • दुःखी (0%)
  • अचम्मित (11%)
  • हाँस्यास्पद (11%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै