२ चैत्र २०८१, शनिबार
spot_img
२ चैत्र २०८१, शनिबार
spot_img

ट्रफिक प्रहरी सङ्ग नगरपालिका, शिवराजमा ट्राफिक व्यवस्थापनका लागि सामाग्री हस्तान्तरण

spot_img

कपिलवस्तु । शिवराज नगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न ट्रफिक प्रहरी चन्द्रौटा बिटलाई रु ४७ हजार बारबरको समाग्री हस्तान्तरण गरेको छ । नगर प्रमुख अजय थापाले शिवराज नगरपालिको बजार क्षेत्र चन्द्रौटा बजार केही समय अगाडी अस्तव्यस्त भएको र नगरपालिकाको पहलमा सूचना जारीगरी सडक  अतिक्रमणक हटाइएकोले बजारलाई थप व्यवस्थापन गर्न ट्रफिक प्रहरीलाई सामाग्री हस्तान्तरण गरिएको बताए । नगर प्रमुख थापाले बजार क्षेत्र चन्द्रौटा व्यवस्थित गर्न ट्रफिक प्रहरीले गरेको प्रयास सर्हनीय रहेको बताए ।

सामाग्री वितरण गर्दे थापाले अब प्रत्येक विद्यालयका बालबालिकाहरुलाई ट्रफिक व्यवस्थापनका लागि नगरपालिका र ट्रफिक प्रहरीको सहयोगमा ट्रफिक सचेतना कार्यक्रम बिद्यालयहरुमा छिटै संचालन गरिने बताए ।
पार्किड व्यवस्थित नहुदा सवारी दुर्घटना सम्भावना संगै चन्द्रौटा बजार कुरुप बन्दै गएकोले ट्रफिक व्यवस्थापनमा सहजताको निम्ती ट्रफिकलाई सामाग्री वितरण गर्नु काम धैरे राम्रो र स्वागतयोग्य भएको युवा व्यवसायी विष्णु हमालले बताए ।
ट्रफिक प्रहरी नायब निरीक्षक राघब सिंह राठौर नगरपालिकाले उपलब्ध सामाग्रीले यस क्षेत्रमा अव्यवस्थित सवारी साघनलाई लक लगाई कार्वाहिको दायरमा ल्याउने बताए । ट्रफिक व्यवस्थापनमा सहजहुने सामाग्री कोनले बजार एरियामा गाडी पार्किड गर्न सहजहुने र पार्किड व्यवस्थापनमा सहज हुने बताए ।
शिवराज नगरपालिका चन्द्रौटा क्षेत्रलाई बिस्तारै व्यवस्थापन गर्दे सुन्दर नगरी र राम्रो बजार बनाउने गरि नयाँ सोचका साथ काम अगाडी बढाउने प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै