कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा प्याब्सन कपिलवस्तुको आयोजनामा जिल्ला स्तरीय क्वीज तथा स्पेलिङ्ग कन्टेस्ट (हिज्जे) सम्पन्न भएको छ , जिल्लाका ७ वटा पालिका बाट २२ विद्यालय बाट १०० जना प्रतिस्पर्धी सहभागी रहेको प्याब्सनका कपिलवस्तु जिल्ला उपाध्यक्ष तोयानाथ गैरेले बताउनुभयो ।
शिवगढी इङ्गलिश बोर्डिङ्ग स्कुल र नेपाल आदर्श बहुमुखी क्याम्पसको हलमा भएको प्रतियोगितामा जिल्लाका शिवराज नगरपालिका, बुद्धभूमी नगरपालिका, कृष्णनगर नगरपालिका, विजयनगर गाउँपालिका, सुद्धोधन गाउँपालिका, बाणगङ्गा नगरपालिका र कपिलवस्तु नगरपालिका बाट छनोट भइ आएका नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन ) मा आवद्ध विद्यालयका विद्यार्थी बिच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा स्पेलिङ (हिज्जे) तर्फ कक्षा नर्सरी देखि युकेजी सम्माका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए जसमा शिवगढी इङ्गलिश बोर्डिङ स्कुल शिवराज १ का विद्यार्थी प्रथम , जेनिथ इङ्गलिश बोर्डिङ्ग स्कुल शिवराज ५ चन्द्रौटाका विद्यार्थी द्वीतीय र तृतीय सिटी मन्टेस्वरी बाणगङ्गाका विद्यार्थी र सान्त्वना इभरग्रीन बाणगङ्गाका विद्यार्थी भएका थिए ।
त्यस्तै क्वीज तर्फ १ देखि ५ सम्मका विद्यार्थीहरूको प्रतियोगितामा पारामाउण्ट एकेडेमी बिजयनगर प्रथम, हथौसा लिटिल स्टार इङ्ग्लिश बोर्डिङ स्कुल बाणगङ्गा द्वीतिय, जेनिथ बोर्डिङ स्कुल शिवराज तृतीय र सनशाइन इङ्गलिश बोर्डिङ स्कुल तौलिहवाले सान्त्वना स्थान हासिल गर्यो ।
त्यस्तै ६ देखि ८ सम्मका विद्यार्थी बिचको प्रतियोगितामा प्रथम स्थान युनाइटेड स्टुडेन्स एकेडेमी बाणगङ्गा, द्वीतिय स्थान आवरमदरल्याण्ड एकेडेमी चन्द्रौटा, सिद्धार्थ गौतम मेमोरियल इङ्गलिश बोर्डिङ स्कुल बुद्धभूमी र सान्त्वना स्थान पारिजात इङ्गलिश बोर्डिङ स्कुल बाणगङ्गाले हात पारेको थियो ।
९ र १० का विद्यार्थी बिचको प्रतियोगितामा आवर मदरल्याण्ड एकेडेमी शिवराज ५ चन्द्रौटा प्रथम, सनलाइट इङ्गलिश बोर्डिङ्ग स्कुल सुद्धोधन, सनसाइन इङ्गलिश बोर्डिङ स्कुल कपिलवस्तु नगरपालिका तौलिहवा तृतीय र हथौसा लिटिल स्टार बोर्डिङ्ग स्कुल वाणगङ्गाले सान्त्वना स्थान हासिल गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, उप-प्रमुख शिवकुमारी थारुको विशिष्ट आतिथ्यता, वडा अध्यक्ष खिम बिक्रम केसी, प्याब्सन केन्द्रिय सदस्य शिवप्रसाद गैरे लगायतको आतिथ्यता रहेको, प्रतियोगिता प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दरप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।