चन्द्रौटा, कपिलवस्तु । शिवराज नगरपालिकाका मृगौला पिडित नागरिकका लागि डायलासिस गर्न चन्द्रौटा देखि बुटवल – भैरहवा जानका लागि नि:शुल्क यातायातको सुबिधा शुरु भएको छ , शिवराज नगरपालिकाले मृगौला पिडित बिरामीहरुका लागि यस आर्थिक वर्षमा शिवराज नगरपालिकाको नगर स्तरीय थप योजना वाट रु २ लाख विनियोजन गरेर सेवा शुरु गरिएको मृगौला पिडित समितिका अध्यक्ष विष्णु हमालले बताए ।
विहिवार एक कार्यक्रमका बिच शिवराज नगरपालिका नगर प्रमुख अजय थापा र उप प्रमुख शिव कुमारी थारुले संयुक्त रुपमा यातायात संचालन कार्यक्रमको उदधाटन गरेका हुन् । कार्यक्रमा शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी थारुले शिवराज नगरपालिका सदैव नागरिकको हितमा काम गर्ने बताइन् । यातायात संचालन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगर प्रमुख अजय थापाले शिवराज नगरपालिकाले नगर भित्र रहेका हरेक नागरिकको सुख-दुखमा साथ रहने बताए ।
कार्यक्रम मृगौला पिडित समितिका अध्यक्ष विष्णु हमालको अध्यक्षता र सचिव शिवम सुनारको संचालनमा सम्पन्न भएको हो ।