अस्लम अली ,अर्घाखाची । छत्रदेव गाउपालिका बल्कोटमा रहेको श्री महेन्द्र बिद्या बोध माध्यमिक बिद्यालयले आफ्नो हिरक महोत्सव विभिन्न कार्यक्रम गर्दै मनाउने भएको छ ।
बि.स. २०२० मा स्थापना भएको यो बिधालयलाई छत्रदेवको शैक्षिक धरोहरका रुपमा लिने गरिन्छ । उक्त बिद्यालयले आफ्नो स्थापनाको ६० बर्ष पुगेको अवसरमा हिरक महोत्सव मनाउन लागेको बिद्यालय प्रशासनले जनाएको छ ।
बिधालयले हिरक महोत्सवका अबसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिएको छ ।
जसमा २०८० बैशाख १४ गते दिप प्रज्ज्लन कार्यक्रम , १५ गते सरस्वती पुजा , १६ देखि १८ गते सम्म अन्तर बिधालय स्तरिय हाजिर जबाफ प्रतियोगिता , विभिन्न बिधामा , खेलकुद प्रतियोगिता , लोक साहित्य प्रतियोगिता , १९ गते पुर्ब विद्यार्थी र विशिष्ट ब्यक्तित्वहरु सङ्ग अन्तरक्रिया कार्यक्रम र अन्तिम दिन बैशाख २० गते हिरक महोत्सव मुल समारोह उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।
बिद्यालयले हिरक स्तम्भ निर्माण , हिरक मंच निर्माण र पुर्व शिक्षक कर्मचारी र चन्दादाता सम्मान जस्ता कार्यक्रमहरु सहित समग्र हिरक महोत्सव सफल पार्न सम्पुर्ण शिक्षक , विद्यार्थी , बिधालय ब्यबस्थापन समिती , अभिभावक , सरोकारवाला सम्पुर्णलाई तदारुकता साथ सहभागी हुन समेत अनुरोध गरेको छ ।
बल्कोटमा रहेको महेन्द्र बिधा बोध माध्यमिक बिधालयले बैशाख १४ देखि २० गते सम्म हिरक महोत्सव मनाउने
टिप्पणी
लुम्बिनी आवाज डटकम
लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।