७ श्रावण २०८१, सोमबार
spot_img
७ श्रावण २०८१, सोमबार
spot_img
spot_img

कपिलवस्तुमा छोराले गरे आफ्नै बाबुको हत्या, श्रीमती सङ्ग नग्न अवस्थामा भेटेपछि हत्या गरेको स्वीकार

spot_img

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १० शितलापुरमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् , शिवराज १० शितलापुर बस्ने बर्ष ६४ का मगरे पासी आज बिहान आफ्नै घरमा झुण्डिएको अबस्थामा मृत फेला परे, घटना स्थलमा  प्रहरी पुग्दा घटना संकासपद देखेपछि प्रहरीले तत्काल अनुसन्धान थाल्यो,  वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख कपिलजंग शाहीको कमान्डमा घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान लाई तिब्र बनाएपछि प्रहरीले अनुसन्धान पश्चात् हत्यामा संलग्न निज मृतकको छोरा बर्ष ३० को मग्निराम पासी र बुहारी बर्ष २६ कि मिमा पासी लाई प्रहरीले नियन्त्रणमा लियो ।

छोरा र बुहारी लाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा छोराले नै बुबाको हत्या गरेको रहस्य प्रहरीले पत्ता लगायो, ९ गते बिहान ११ बजे खाना खान घरमा आएको समयमा छोरा मग्निराम पासीले आफ्नो बुबा र श्रीमतिलाइ नग्न अबस्थामा देखे पश्चात बाबुको हत्या गरेको र सोही दिन  राती ११ बजे डोरीमा बांधी झुण्ड्याएको प्रहरी अनुसन्धानवाट खुलेको छ |

अनुसन्धान बाट घटना भएको अर्को दिन बिहान ८ बजे मात्र प्रहरी लाइ सूचना पुगेको वडा प्रहरी कार्यालयका प्रमुख कपिलजंग शाहीले बताउनुभयो, शाहीले प्रहरीले घटनास्थलबाट आबश्यक  सबुद प्रमाणहरु बरामद गरेको र सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएका छन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (9%)
  • दुःखी (16%)
  • अचम्मित (31%)
  • हाँस्यास्पद (6%)
  • आक्रोशित (38%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै