गणेश खनाल
अर्घाखाँची । नेकपा एमाले केन्द्रीय पाेलिटव्युराे सदस्य तथा प्रतिनिधि सभा सदस्य सुर्य थापाले एमाले गठबन्धन बलियाे बनाउन लागि परेकाे बताउनुभयाे ।
एमालेकाे तर्फबाट गठबन्धन मजवुत बनाउन लागि परेकाे बताउदै माओबादी पनि बैमान राजनीति नगर्ने तर्फ सचेत रहनु पर्ने बताउनुभयाे । नेकपा एमाले बर्तमान सरकार सफल बनाउन कुनै कसर बाँकी नराख्ने थापाकाे भनाइ रहेकाे छ ।
नेता थापाले राष्ट्रपति निर्वाचनले नेपालकाे राजनिती काेर्सले थप स्पष्ट पार्ने बताउनुभयाे ।
नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँची द्वारा आयोजित मिसन ग्रासरुट ( पार्टी सुदृढीकरण तथा विस्तार अभियान )-२०७९ अभिमुखिकरण कार्यक्रम बाेल्दै थापाले माधव नेपाल सच्चिएर आए एमाले पनि साेच्न सक्ने बताउनुभयाे ।
अर्काे एक फरक प्रसंगमा नेकपा मसाल विघटन तर्फ गईरहेकाे स्मरण गराउदै त्युठानमा मसाललाइ सक्दै नेकपा एमाले ठुलाे दल बनाएकाे बताउनुभयाे ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दिनेश पन्थिले पार्टीकाे विभिन्न पुस्तक अध्ययन गर्ने क्रममा निरन्तर दिनकाे लागि कार्यकतालाइ निर्देशन दिनुभयाे । नेकपा एमाले अर्घाखाँची जनताकाे लाेकप्रिय पार्टी बनाउन सफल भएकाे बधाइ ज्ञापन समेत गर्नुभयाे ।
नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश रामजि प्रसाद घिमिरेले पार्टीलाई गतिशिल बनाउन अहिले याे अभियान सुरू गरिएकाे बताउनुभयाे ।
जिल्ला कमिटी अध्यक्ष कमरेड पीताम्बर भुसालको अध्यक्षता ,सचिव तोजबहादुर रायमाझीको संचालन र जिल्ला उपाध्यक्ष ईश्वरा पोख्रेलको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भयाे ।